महाबैमा संचालित अध्यक्ष कपमा नरहरिनाथ बिजेता

7
SHARES
15
VIEWS

कालीकोट ।महाबै गाउँ पालिकामा भएको प्रथम अध्यक्ष कप तथा पादमघाट मेलामा खेलकुद प्रतियोगिता सम्पन्न भएको छ।उक्त खेलकुदमा जिल्लाका १९ वटा टिम सहभागी मध्ये नरहरिनाथ गाउँ पालिकाको टीम बिजेता घोषित भएको छ भने शुभकालिका गाउँ पालिका उपबिजेता भएको आयोजक समजा कल्याण युबामंच महाबैले जनाएको छ ।
उक्त खेलकुद तथा पादमघाट मेलामा बिजेता टोलिलाइ मेडल तथा नगद हस्तान्तरण गर्दै महाबै गाउँ पालिका अध्यक्ष खेम बहादुर सिंहले सम्पुर्ण खेलाडीलाई अध्यक्ष कप तथा पादमघाट मेला सौहार्द वातावरणमा सम्पन्न गरेकोमा आयोजक तथा खेलाडी र सांस्कृतिक कर्मिलाइ धन्यवाद दिएकाछ्न ।प्रत्येक वर्ष लाग्ने उक्त मेला पादमघाट बजारमा लाग्ने गरेको भएपनी यस वर्ष गैराखाडामा संचालन भएको थियो ।
यस वर्ष भने मेलामा सामान्य विवाद भएपनी शान्त रुपमा सम्पन्न भएको समाज कल्याण युबा मंच महाबैले जनाएको छ ।
सो खेलकुदमा बिरेन्द्र बोगटीलाई उत्कृष्ट खेलाडी भए भने उत्कृष्ट स्पाइकरमा कलम शाही,उत्कृष्ट लिफ्टर यमराज बिस्ट,राइजिङ खेलाडि बिबेक सिंह,अनुशासित खेलाडिमा रतन शाहि र उत्कृष्ट लिप्रो नेत्र बोगटी रहेको आयोजकले बताएको छ ।
सो अध्यक्ष कप तथा पादमघाट मेलामा जिल्ला खेलकुद बिकास समितिका अध्यक्ष गणेश बहादुर शाहीको समेत उपस्थिति रहेको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित