माओवादीका रावत दोस्रो पटक विजयि

7
SHARES
15
VIEWS

कालीकोट । प्रदेशसभा क बाट नेकपा (माओवादी केन्द्र)बाट गठवन्धनका साझा उम्मेदवार दुर्ग बहादुर रावत दोस्रो पटक निर्वाचित भएका छन् ।यस अघि प्रतिनिधि सभाका सदस्यमा विजयि भएका रावतले निकटतम प्रतिद्वन्द्वी नेकपा(एमाले)का कुर्मराज शाहीलाई १ हजार ५९ मतान्तरले पराजित गरेका हुन् ।
विजयि दुर्ग बहादुर रावतले ९ हजार ११ मतले विजयी भएकाछन भने उनका निकटतम प्रतिद्वन्द्वी नेकपा(एमाले)का कुर्मराज शाहीले ७ हजार ९ सय ५२ मत प्राप्त गरेका छन् ।

प्रदेश क मा ३५ हजार ३ सय ५१ मतदाता मध्ये कुल खसेको मत १९ हजार ९सय३१ मध्ये दुर्ग बहादुर रावतले ९ हजार ११ मत प्राप्त गरेका छन् ।कुर्मराज शाहीले ७ हजार ९ ५२ मत पाएका छन् । राप्रपाका सुर्य बहादुर शाही ले १हजार ७१ मत प्राप्त गर्नु भएको छ ।
नेमकिपाका रबिन्द्र वहादुर शाहीले १ हजार १ सय ७२ ल्याएका छन भने प्रदेश क मा जम्मा बदर ७२५ रहेको छ । प्रदेशसभामा निर्वाचित रावत २०७४ सालको प्रतिनिधि सभा सदस्य निर्वाचनमा २१हजार १सय १२ मत ल्याएर निर्वाचित पनि भएका हुन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित