कालीकोटमा कोरोना संक्रमित ३ जनालाई घर पठाइयो

7
SHARES
15
VIEWS

कालीकोट, असार ।जिल्लाको सान्नित्रिवेणि स्थित आइसोलेसनमा रहेका कोरोना संक्रमित ३ जनाको पिसिआर रिर्पाेट नेगेटिभ आएपछि आज घर पठाइएको छ ।

जिल्ला स्वस्थ्य कार्यालय कालीकोटका अनुसार जिल्लाको सान्नित्रिवेणि गाउँ पालिकाको सेरीज्युलामा रहेको आइसोलेसनमा रहेका १४ जना मध्ये ३ जनाको पिसिआर रिर्पाेट नेगेटिभ आएपछि घर पठाइएको बताइएको छ ।

यस अघि २७ जनालाई निको भएपछि घर पठाइएको थियो । अब जिल्लामा आइसोलेसनमा रहेको संख्या महिला ३ जना र ११ जना पुरुष गरी १४ जना रहेको छ । जस्मा रास्कोट नगरपालिकामा १ जना,शुभकालिकामा २ जना र सान्नित्रिवेणि गाउँ पालिकामा ११ जना रहेको बताइएको छ ।

आइतबार सम्म जिल्ला भरका क्वारेन्टाइनमा ४४८ जना मात्र रहेको जिल्ला जनस्वास्थ्य कार्यालय कालीकोटका प्रमुख कटक महतले बताउनु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित