१२ वर्षको एक पटक मेला लाग्ने गाल्जेमा सांघु बन्यो

7
SHARES
15
VIEWS

कालीकोट । जिल्लाकै ठूलो धार्मिक स्थलका रुपमा चिनिएको गाल्जेको सांघु जनश्रमदान मार्फत सम्पन्न भएको छ ।कालीकोट जिल्लाको तिलागुफा नगरपालिकामा पर्ने उक्त सांघु १५ दिन पछि सम्पन्न भएको हो ।गएको असोज २३ गतेको बाढीका कारण बगाएपछि स्थानीयको सहयोगमा आज सम्पन्न भएको हो ।
हरेक १२ वर्षको एक पटक लाग्ने उक्त स्थानमा माघ पुर्णिामाको दिनमा भब्य मेला लाग्ने गरेको छ ।नेपाली कांग्रेसका जिल्ला सभापति अम्ब बहादुर शाहीले आउदो माघ पुर्णिामा दिन लाग्ने मेलामा यस पलको पुजा हुने भएको र सबैलाई आग्रह गरेका छ्न ।
सभापति शाहीले मेला लाग्नु पुर्ब ६ दिन अगाडि आउनका लागि भक्तजन तथा नागरिक समाज,पत्रकार,मानव अधिकारवादी,बुद्धिजीवी, पर्यटकलाइ निम्तो दिदै बिगत वर्ष जस्तै आगामी मेला भब्य हुने बताएका छ्न । त्यसै गरी तिलगुफा ५ का धनकृष्ण न्यौपानेले गाल्जे मेला कर्नाली प्रदेशकै चर्चित मेला भएको बताए ।उनले भने यस मेलामा सहभागी हुने भक्तजनको मनोकांक्षा पूरा हुने बिश्वास लिदै आएको बताएका छ्न । सो क्षेत्रका समुदायले सत्यवती तथा कालासिल्ला देवताको पुजापाठ गर्ने प्रचलन रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित