रास्कोट नगर सरकारले छोटो समयमा यति धेरै काम थालनि,स्थानिय खुशि

7
SHARES
15
VIEWS

कालीकोट ।स्थानिय तहको दोस्रो निर्वाचन भएको छोटो समयमा रचनात्मक कामको शुरुवात गर्न स्थानिय सरकार लागि परेका छन । गएको साउन महिना देखि हाल सम्म विभिन्न जनमुखि काम कार्वाही गर्न शुरु गरे संगै गाउँ तथा नगरबासिहरुलाई ठुलो राहतको महसुस गराउने गरी कामकार्वाही अघि बढेका छन । त्यस भित्रको रास्कोट नगरपालिका पनि उत्कृष्ट काम गर्नेमा परेको छ । पछिल्लो समयमा रास्कोट नगर सरकारले गरेका कामको बारेमा जानकारी दिदै रास्कोटन नगर सरकारले समुदायको हितका लागि २६ भन्दा बढि काम गरेको जनाएको् छ ।सोही अनुसार रास्कोट सरकारले गरेका राम्रा कामको विरुद्ध विभिन्न क्षेत्रमा टिकाटिप्पणि भइरहेको छ । रास्कोट नगर सरकारले सर्वप्रथम हामी बनाउछौं हाम्रो नगर भन्ने नारा अघि सारेर कामकार्वाहीहरुलाई तिव्रता दिएको छ ।

यस्ता छन नगर सरकारले गरेका कामकार्वाही ।

  • १.सुशासन प्रत्याभूत गर्न नागरिक सहायता तथा साेधपुछ कक्ष 
  • २.हेलाे मेयर कार्यक्रम अन्तरगत गुनासो सुनुवाइ तथा सुझाब दिनका लागि पैषा नलाग्ने १६६०८७४४०४४ नम्बरकाे टाेल फ्रि संचालन ।
  • ३. पहिचान सहितकाे लाेगाे नगर सभामाबाटै संचालन ।
  • ४.कार्ययोजना सहित नगर डायरी संचालन ।
  • ५.७० बर्ष भन्दा माथिका जेष्ठ नागरिक पुर्ण आपाङ्ग भएका नागरिकलाई बैंक मार्फत घरमा सामाजिक सुरक्षा भत्ता कार्यक्रम ।
  • ६. महिनामा एक पटक सम्पुर्ण रास्काेटका नागरिकका लागि “भराेसा हाेस नगर माथि, गाउँघरमा स्वास्थ्यकर्मी साथि” भन्ने नाराका साथ मेयर हेल्थ केयर कार्यक्रम द्वारा घर घरमा स्वस्थ सेवा ।
  • ७. नगरपालिकाका सबै शाखा( स्वास्थ्य, कृषि, आर्युवेद,सामाजिक सुरक्षा, पशु विकास सेवा,खाद्यान्नका लागि नुन) लगाएत महिनाकाे एक पटक एकीकृत घुम्ति सेवा संचालन । ८.रास्काेट अस्पतालकाे सडक संचालन एम्बुलेन्स हस्तान्तरण ।
  • ९.नागरिकहरुलाई नुनकाे डिपाे स्थापना गरि घरघरमा वितरण सेवा ।
  • १०.एक घर एक धारा ८५ प्रतिशत पुराउनका साथै घर घरमा खाने पानी पहुँच थप बिस्तार गर्न गेरुखाेला मुहानबाट पानी ल्याउन बृहत् खानेपानी टेन्डर प्रकृया अघि बढेकाे ।
  • ११.आफ्नै डाटा सेन्टरवाट स्थापना गरि नेपाल टेलिकमकाे फाइवर लाइन द्वारा हाल ९ वटा वडमा स्वास्थ्य संस्था माघ्यामिक विद्यालयहरुमा इन्ट्रानेट द्वारा सेवा संचालन ।
  • १२.शिक्षामा गुणस्तर ल्याउन बृहत् शैक्षिक गाेष्ठिका साथ स्राेत बिद्यालयका रुपमा स्थापना गर्न वडिमालिका मा वि लाई नमुना तथा अंग्रेजी माध्यमबाट पढाइ सञ्चालन थप बजेटकाे ब्यबस्थापन ।
  • १३. सबै नागरिक बैक मार्फत सेवा लिई वितिय सुशासन कायम गर्न थप अर्काे सरकारी बैंक राष्ट्रिय बाणिज्य बैंक स्थापना गर्न तयारी।
  • १४. विधुत महशुल तिर्न मिटर लिनका लागि रास्काेटमा विधुत महशुल काउन्टर स्थापना।
  • १५.रास्काेट सुन्दर्यता झल्काउन व्यबस्थित बजारिकरण गर्न रास्काेट नगरपालिका भित्रका सरकारि जग्गामा लगाएका घर टहरा हटाउन तयारी ।
  • १६. रास्काेटकाे समग्र भुमि ब्यबस्थापन गर्न लागत संकलन प्रकृया सुरु ।
  • १७.रास्काेटी नगरिकका लागि सूचना सेवा प्रवाह गर्न SMS Alert software संचालन ।
  • १८. रास्काेट डिजिटल बनाउन डिजिटल प्राेफालकाे काम संचालन।
  • १९. राजश्व संकलन गर्न अनलाइन मार्फत राजश्व संकलन तयारी।
  • २०.सवै वडाबाट अनलाइन प्रमाण पत्र बितरण सेवा ।
  • २१.विपत जाेखिम न्यूजिकरण गर्न रास्काेटका सबै घरधुरीकाे विमा गरिदिएकाे ।
  • २२. राष्ट्रिय तथा अन्तरास्ट्रिय संध संस्था सहजिकरण समन्वय गर्न सम्पर्क व्यक्ति ताेकिएकाे ।
  • २३. शान्ति सुरक्षा प्रत्याभूत गर्न नेपालकाे संबिधान अनुरुप स्थानीय सरकार संचालन ऐन २०७४ काे दफा ११ काे उपदफा २ काे (क)काे भएकाे ब्यबस्थापन अनुसार नगर प्रहरी ऐन २०७९ र नगर प्रहरी ब्यबस्थापन तथा सञ्चालन कार्यबिधि २०७९ अनुसार नगर प्रहरी करारमा लिने सूचना भएकाे ।
  • २४. नगर सरकारका काम संचालन तथा व्यवस्थापन गर्न १३ वटा आवश्यक कानुन बनेका ।
  • २५.नगरकाे आफ्नै प्रशासकिय भवन काम ९० प्रतिशत सकिएकाे र दुईवटा वडा कार्यालय भवनकाे टेन्डर प्रकृया सुरु भएकाे ।
  • २६. रास्काेट नगरपालिकाका २००० घर धुरीलाई धुवा रहित चुलाे वितरण।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित