हिमचुलि कृषि सहकारी कर्णालि प्रदेशकै उत्कृष्ट घोषित,सहकारी बैंक द्धारा पुरुस्कृत

7
SHARES
15
VIEWS

कालीकोट । छोटो समयमा सहकारी क्षेत्रमा नयाँ आयाम बनाउन सफल रहेको कालीकोटको हिमचुलि कृषि सहकारी संस्था उत्कृष्ट भएको छ । राष्ट्रिय सहकारी बैंक लि.को १९ औं वार्षिक साधारण सभाबाट कर्णालि प्रदेशकै उत्कृष्ट सहकारीका रुपमा पुरुस्कृत भइएको बताइएको छ ।

प्रत्येक वर्ष उत्कृष्ट घोषित गर्दै आएको राष्ट्रिय सहकारी बैंकले यस वर्ष कालीकोटको हिमचुलि कृषि सहकारीलाई उत्कृष्ट गरेको हिमचुलि कृषि सहकारी संस्था लि.का अध्यक्ष काली बहादुर महताराले बताए । उनले भने दुर्गममा काम गर्ने सहकारी संस्थाको काम कार्वाही हेरेर उत्कृष्टता घोषित गर्ने सहकारी बैंकलाई धन्यवाद दिएका छन ।

सहकारी क्षेत्रका डेढ दशक नपुग्दै कालीकोट जिल्लामा हिमचुलि कृषि सहकारी संस्थाका जिल्ला भर ९ वटा सेवा कार्यालय,१४ हजार शेयर सदस्य हुनुका साथै अर्गानिक वस्तु खरिद विक्रि,दुध डेरी संचालन तथा सुपथ मुल्य पसल र अन्य वित्तिय कारोबार गर्दै आएको संस्थाका मुख्य व्यवस्थापक जगेन्द्र प्रसाद आचार्यलय बताए । उनका अनुसार आज कै दिन राष्ट्रिय सहकारी बैंकको कर्नालि प्रदेशबाट संचालक समितिमा जितको नजिक संस्थाका अध्यक्ष काली बहादुर महतारा पुग्नुका साथै नेपाल टेलिभिजनमा समेत आजकै दिन हिमचुलि कृषि सहकारी संस्थाका कामकार्वाहीका बारेमा प्रशारण हुनुले हिमचुलि कृषि सहकारी संस्था राष्ट्रिय स्तरमा क्षमता राख्न सक्षम रहेको बताए ।

यहाँ सम्म ल्याउने संस्थाका संचालक समिति,कर्मचारी तथा आम सदस्यहरुलाई मुख्य व्यवस्थापक जगेन्द्र प्रसाद आचार्यले धन्यवाद दिएका छन । संस्थाले पछिल्लो समयमा कृषि व्यवसायिकरणका लागि सदस्यहरुको उत्पादनमा जोड दिदै शिक्षा तथा तालिम संचालन गर्दै आएको सुचना अधिकारी रुपेन्द्र ऐडीले बताएका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित