टिप्पर दुर्घटनाका मृतकका आफन्तलाई २ लाख राहत

7
SHARES
15
VIEWS

कालीकोट,असार । लालिघाटमा भएको टिप्पर दुर्घटनाका मृतकका परिवारलाई क्रिया खर्च स्वरुप आज रास्कोट नगरपालिकाले ५० हजारका राहत रकम दिएको छ । जिल्ला प्रशासन कार्यालय कालीकोटमा रास्कोट नगरपालिकाका प्रवक्ता तथा वडा न. ६का वडा अध्यक्ष टक्क फर्सालले मृतकहरुलाई ५०/५० हजारका दरले चार जना परिवारलाई २ लाख राहत रकम दिनु भएको हो ।

यस अघि रास्कोट नगरपालिकाले विरामीको उपचार खर्चको व्यवस्था गरेको थियो । रास्कोट नगरपालिकाको छैटौ नगरसभाले लालिघाट दुर्घटनाका मृतकका आफन्तलाई १० लाख राहत दिने निर्णय गरेको प्रवक्ता फर्सालले बताउनु भएको हो । लालिघाट दुर्घटनामा परि तिन जनाको घटना स्थल र एक जनाको काठमाडौं उपचारको क्रममा गरी ४को मृत्यु भएको थियो भने एक जना बेपत्ता भएका छन ।

वेपत्ताको खोजि कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय कालीकोटले जनाएको छ । वेपत्ताको सव नभेटिदा सम्म पोष्टमार्टम नहुने भएपछि राहत उपलब्ध गराउन नसकिएको प्रवक्ता फर्सालले बताउनु भएको छ ।

मृतक परिवारलाई तत्काल क्रिया खर्च स्वरुप ५० हजारका दरले उपलब्ध गराइएको र बांकी राहत रकम पछि उपलब्ध गराइने रास्कोट नगरपालिकाले जनाएको छ ।छ

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित