पलाताका जनप्रतिनिधिमा कुनै पनि बिबाद छैन- प्रबक्ता बुढा

7
SHARES
15
VIEWS

कालीकोट ।पलाता गाउँ पालिका प्रबक्ता तिलक बुढाका अनुसार कार्यपालिका बैठकमा कुनै पनि मतभेद नभएको बताएका छन । लामो समय पछि गाउँ पालिकाका गतिविधिका बारेमा मंगलबार बसेको कार्यपालिका बैठकमा  गाउँ पालिकाको बिपद ब्यबस्थापनका बारेमा छलफल भएको बताइएको छ । गाउँ पालिकाका अन्य बिषयमा आज बैठक बसेर महत्त्वपूर्ण निर्णय लिएको समेत प्रबक्ता बुढाले बताए ।उनले भने बैठकमा आ आफ्ना प्रस्ताव राख्ने काम हुनु अनौठो नभएको बताउदै गाउँ पालिकाको समग्र बिकाशका जनप्रतिनिधि एक ढिक्का भएर अघि बढेको समेत बुढाले बताए । अघिल्लो कार्यकालमा तत्कालीन गाउँ पालिका अध्यक्ष लक्ष्मण बमका विरुद्ध उपाध्यक्ष लगाएतको टोलिले पत्रकार सम्मेलन समेत गरी बिथिती विरुद्ध संघर्ष शुरु गरेको पलाता गाउँ पालिका अहिले पनि एक आपसमा संघर्ष गराउदै पलाती जनताको अहितमा काम हुन नसक्ने पलाता गाउँ पालिकाले जनाएको छ ।जनप्रतिनिधिको झगडाले यस अघि जनतामा परेको असरलाइ मध्य नजर गर्दै आगामी दिनमा थप सचेत भएर अघि बढ्ने र  जनताको पक्षमा निरन्तर काम गर्ने गाउँ पालिका अध्यक्ष बिष्णु रोकायाले बताएका छ्न । आफुहरु बिचमा झगडा गराउने काममा केही तत्व लागेको भएपनी त्यो सपना पूरा नहुने अध्यक्ष रोकायाको भनाइ रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित