जनताको पक्षमा काम गर्न कुनै पनि मुल्य चुकाउन पछि नपर्ने -रास्कोट नगर प्रमुख शाही

7
SHARES
15
VIEWS

कालीकोट । एक महिना अघि कालीकोट जिल्लामा पहिलो पटक नगर प्रहरी भर्ना शुरु गरेको रास्कोट नगरपालिकाले विभिन्न अबरोधका बावजुद अघि बढेको छ ।

पहिलो चरणमा उच्च अदालत सुर्खेतमा प्रहरी भर्ना सम्बन्धि विज्ञापन खारेजका लागि अन्तरिम आदेश सहित मुद्धा दायर भई उच्च अदालत सुर्खेतले अन्तरिम आदेश दिन नपर्ने उल्लेख गरे संगै बाटो खुलेपछि पुन सुचारु भएको विज्ञापन पछिल्लो समयमा दलित महिला कोटा नपाएको भन्दै विरोध हुन थालेको छ ।

अहिले आवेदनमा ८ जना खुला, ३ जना महिला, २ जना दलित र २ जना शहिद तथा वेपत्ताको कोटामा आवेदन आए संगै खुला तर्फ दलित महिला नपरेको भन्दै दलित अधिकारकर्मिहरुले जिल्ला प्रशासन कार्यालय मार्फत खारेजिको माग गरेका छन । उनिहरुल विभिन्न आयोगमा दलित महिलाको कोटा सुनिश्चित गरेको भएपनि रास्कोट नगरपालिकाले व्यवस्था नगरेको भन्दै पुन आवेदनको माग गरिएको छ ।

कालीकोट जिल्लाका प्रमुख जिल्ला अधिकारी रामहरी अधिकारी मार्फत पेश गरिएको आवेदन खोजिको निवेदनमा प्रधानमन्त्रि तथा मन्त्रि परिषदको कार्यालयलाई सम्बोधन गर्दै विज्ञापन खारेजिको माग गरिएको हो ।
यस सम्बन्धमा रास्कोट नगरपालिकाका नगर प्रमुख धर्मराज शाही पोषणले जनताको जिउ धनको सुरक्षाका लागि रास्कोट नगरपालिकाले कार्यविधि तयार गरेर नगर प्रहरी भर्ना शुरु गरेको बताउदै न्यायलयले समेत बाटो खुला गरेकाले अघि बढ्ने बताएका छन ।नगर प्रमुख शाहीले खुला तथा आरक्षणमा व्यवस्था भएको तर आवेदकले आरक्षणमा मात्र टिक लगाएकाले समस्या भएको तर आरक्षण तर्फका सबै निवेदकलाई खुला तर्फ समाबेश गर्ने बताएका छन ।

रास्कोट नगर प्रहरी भर्नामा अहिले खुला तर्फ २५ जनाको आवेदन परेको छ भने महिला तर्फ ११ दलित तर्फ ११ र शहिद वेपत्ता तर्फ १ गरी ४८ जनाले आवेदन दिएका छन । उनिहरुको पौष २१ गते प्रयोगात्मक परिक्षा संचालन हुने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित