कर्नालि प्रदेश सरकारले दियो आज सार्वजनिक विदा

7
SHARES
15
VIEWS

सुर्खेत,असार ।  कर्नालि प्रदेश सरकारले धान दिवसको अवसरमा असार १५लाई सार्वजनिक विदा दिएको छ । जुम्लामा १२ चैतमा धान दिवस मनाइने  भएकाले जुम्ला बाहेक नौ वटा जिल्लामा सार्वजनिक बिदा दिइएको हो ।

जुम्लामा चैत्र १२ गते धानको विउ राख्ने र सोही दिनलाई धान दिवसको रुपमा मनाउने गरिएकाले निर्णय गरिएको आन्तरिक मामिला तथा कानून मन्त्रालयका प्रवक्ता तुलबहादुर खड्काले जानकारी दिए । १२ चैतमा बीउ राख्ने दिनलाई जुम्लामा धान दिवसको रुपमा मनाउने गरिएको खड्काले बताउनु भयो ।

प्रदेश सरकारका प्रवक्ता एवं भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विमला केसीले कोभिड–१९ का कारण यो वर्ष औपचारिकरूपमा धान दिवस मनाउन नपाएको बताउनु भएको छ । किसानलाई भौतिक दूरी कायम गरेर उत्पादनका काममा लाग्न अपिल गरिएको वहांको भनाइ छ । किसानका आवश्यकता एवं समस्या सम्बोधनका निम्ति सरकार तत्पर रहेको पनि वहांले बताउनु भयो ।

प्रदेश सरकारको गत जेठमा बसेको मन्त्रिपरिषद् बैठकले १२ चैत, असोज कृष्ण त्रयोदशी चन्दनाथ मन्दिरको लिङ्गो बोक्ने मेला (जुम्लामा मात्र), १५ असार, १ साउनमा साउने सङ्क्रान्ति तथा देउडा पर्व, ४ भदौमा प्रदेश स्थापना तथा शहीद दिवसमा सार्वजनिक बिदा दिने निर्णय गरेको थियो ।

त्यस्तै प्रदेश सरकारले माघ १ मा माघे सङ्क्रान्ति अर्थात (माघी) र चैत्र शुक्ल अष्टमी चैते दशैँमा बिदा दिने निर्णय समेत गरेको छ । फोत्तोलो ल्होसार सम्बन्धित समुदायको लागि मात्र बिदा दिने पनि प्रदेश सरकारले निर्णय गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित