रास्कोटकी संगिताको नगरले गर्‍यो हेलिकप्टर मार्फत उद्वार

7
SHARES
15
VIEWS

कालीकोट ।सुत्केरी ब्यथा लागेर समस्यामा रहेकी रास्कोट ८ निवासी संगिताको हेलिकप्टर मार्फत उद्वार गरिएको छ  । रास्कोट नगर सरकारको पहलमा रास्ट्रपति महिला उत्थान कार्यक्रम मार्फत संगिता लुवारको नेपाली सेनाको हेलिकप्टर मार्फत सुर्खेतमा पठाइएको छ । उनलाइ दिउसो सुत्केरी ब्यथा लागेर उच्च रक्तस्राव भएपछी रास्कोट नगरपालिका र रास्कोट अस्पतालको पहल गरे संगै जिल्ला प्रशासन कार्यालय कालिकोटको समन्वयमा हेलिकप्टर बोलाइएको बताइएको छ ।रास्कोट नगरपालिकाले गरेको पहलले प्रसब पिडामा रहेकी  स्थानीय संगिता र उनको पेटमा रहेको बच्चाको समेत ज्यान जोगिएको रास्कोट नगर प्रमुख धर्मराज शाहीले बताए । उनले भने रास्कोटी जनताको पक्षमा आफुले कुनै पनि कमि हुन नदिने समेत बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित