पचालझरनामा १७ औं धान दिवस मनाइयो(तस्विर सहित)

7
SHARES
15
VIEWS

कालीकोट,असार । धान उत्पादनमा वृद्वि, आत्मनिर्भरता र समवृद्धि भन्ने मुल नाराका साथ आज पचालझरना गाउँपालिकाको आयोजनामा जारकोट बगरमा १७ औं रास्ट्रीय धान दिवस सम्पन्न भएको छ ।

विगतका वर्ष झै यस वर्ष पनि पचालझरना गाउँ पालिकाले कृषकहरुको खेतमा गएर धान दिवस मनाएको छ । पचालझरना गाउँ पालिका वडा न.४ स्थित अमराज सेजुवालको खेतमा धान रोपाई गरिएको बताइएको छ ।

पचालझरना गाउँ पालिका अध्यक्ष खडगराज सेजुवाल,उपाध्यक्ष तारा न्यौपाने र सम्पूर्ण वडा अध्यक्ष लगाएतका जनप्रतिनिधि,पार्टी कार्यक्रताहरुको उपस्थिति रहेको धान दिवस महोत्सवका रुपमा  सफल भएको गाउँ पालिका सुचना प्रविधि अधिकृत प्रकाश कठायतले बताउनु भएको छ ।

उक्त धान दिवसमा कृषि विकास शाखा लगाएतका प्रतिनिधिहरुको उपस्थिति रहेको कठायतले बताउनु भयो ।कर्नालि प्रदेश सरकारले कोरोनाका कारण लक डाउनको पालना गर्दै धान दिवस मनाउने भने अनुसार जिल्लाका विभिन्न स्थानिय तहहरुले औपचारिक तथा अनौपचारिक रुपमा धान दिवस मनाएका छन ।

यस वर्ष समयमै पानि परेपनि जिल्ला भरको सबै विवरण नआइसकेकाले आज सम्म ४० प्रतिशतको हाराहारीमा धान रोपाई भएको जिल्ला कृषि विकास कार्यालय कालीकोटका प्रमुख भरत बस्नेतले बताउनु भएको छ ।

लक डाउनका कारण जिल्ला कृषि विकास कार्यालय कालीकोटको आयोजनामा धान दिवसको आयोजना नभएको बताउदै तिलागुफा क्षेत्रमा ८० प्रशितको हाराहारीमा धान रोपाई भएको बताउनु भएको छ । आफु फिल्डमा छु यहांका कृषकहरुले समयमा पानि पर्दा धान रोपाई अन्तिम चरणमा पुगेको बताउनु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित