पचालझरनामा चालू वर्ष कुनै पनि बिकाशे रकम फ्रीज हुन दिन्नौ-उपाध्यक्ष अल्किना बम

7
SHARES
15
VIEWS

कालिकोट ।स्थानीय जनप्रतिनिधिले आफुले जिम्मेवारी सम्हालेका समयको कामको अनुगमन गर्न थालेका छन । गएको साउन देखि आज सम्म भएगरेका कामकारबाहीका बारेमा स्थलगत रुपमा पुगेर अनुगमन भएको हो । पचालझरना गाउँ पालिकाले जिल्लाकै पहिलो हिउदे गाउँ सभा गरे संगै पछिल्लो कामको अनुगमन गर्दै भुक्तानी दिन शुरु गरेको हो । पचालझरना गाउँ पालिका उपाध्यक्ष अल्किना बम(सेजुवाल) सहितको टोलिले अनुगमन गर्दै कामको अवस्था बुझ बिस्तार गरेको बताइएको छ । प्राबिधिक सहितको टोलिले पचालझरना गाउँ पालिका वडा नम्बर ६,७ र ८ का बस्तिमा निर्माणधिक विद्यालय भवन,खेलकुद मैदान,सडक तथा सिचाइ कुलोको अनुगमन गरिएको र काम प्रभावकारी भएको सब इन्जिनियर सुर्य थापाले बताए । कर्नाली रोजगार तथा प्रधानमन्त्री रोजगार कार्यक्रमका काम अघि बढेको बताइएको छ ।अनुगमनका क्रममा गाउँ पालिका उपाध्यक्ष अल्किना बम(सेजुवाल)ले केही ठाउँमा अपुग्ता रहेको भएपनी चालू वर्ष कुनै पनि योजनाको रकम फिर्ता नजाने गरेर काम गर्ने दाबी गरेकी छ्न ।पचालझरनमा बिगत वर्षमा फागुन चैत्रमा सम्झौता हुने काम यस वर्ष अर्धवार्षिक रुपमा ६०प्रतिशत भन्दा बढी काम सम्पन्न भएको बताइएको छ ।अनुगमनलाई निरन्तर जारी राख्ने योजना अधिकृत कमल बमले जानकारी दिएका छ्न।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित