कालीकोट ।कर्नाली प्रदेश सरकारले पुर्णता पाएको छ ।दलिय भाग बण्डाका आधारमा नेकपा(माओवादी केन्द्र)का तर्फबाट मुख्यमन्त्री राजकुमार शर्मा,भीमप्रकाश शर्मा भूमी, व्यवस्था कृषि तथा सहकारी मन्त्री,मंगल बहादुर शाही,भौतिक पूर्वाधार, उर्जा तथा जलस्रोत मन्त्री र कृष्ण जिसि आन्तरिक मामिला तथा कानूनमन्त्री बनेका छन ।
त्यसै गरी नेकपा(एमाले)का तर्फबाट विनोदकुमार शाह,आर्थिक मामिला तथा योजनामन्त्री,टेकराज पछाई सामाजिक विकासमन्त्री र जित वहादुर मल्ल उद्योग पर्यटन वन तथा वातावरण मन्त्री बनेका हुन ।
यस अघि ८ मन्त्रालय रहेको कर्नाली प्रदेशमा एक घटाएर ७ मन्त्रालय मात्र रहने गरी एमाले र माओवादी बिच सहमति भएको हो।
कर्नाली प्रदेशमा महिला र दलितको प्रतिनिधित्व भने मन्त्री परिषदमा नभएपछि चर्को आलोचना भएको छ ।
Discussion about this post