जाँदै गर्दा प्रजिअ शर्माले दिए १७ बुद्वे अधुरा गर्न बांकी काम

7
SHARES
15
VIEWS

कालीकोट । एक वर्ष  कालीकोट जिल्लामा प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी सम्हालेका रामहरी शर्माले नयाँ सरुवा भइ आएका प्रमुख जिल्ला अधिकारी जोरासिंह माझिलाइ गरेका काम र बाकी कामको विवरण सहित सुझाव दिएका छ्न।उनले गएको स्थानीय तह हुँदै संघ र प्रदेशको निर्वाचन सहज तरिकाले सम्पन्न गर्नुका साथै जिल्लामा राजनीतिक दलहरु सहकार्यको भावनामा सकारात्मक बिकाश भएको समेत उल्लेख गर्दै जिल्ला प्रशासन कार्यालयमा गरिएको फ्री वाइफाई,गार्डेन तथा अन्य सुबिधाका बारेमा जानकारी गरिएको छ ।

फुकोट अर्धजलासाय विद्युतको मुआब्जा बितरण भएको र घर टहराको मुल्यांकन कार्यको बारेमा जानकारी समेत गरिएको छ ।त्यसै गरी बिदाइ भएर जाने प्रमुख जिल्ला अधिकारी रामहरी शर्माले जिल्लाको राजमार्गको अवस्था देखि जितेगडाको पुल,तिलागुफाको टाकुल्लाको पुलको बारेमा समेत अवगत गराइएको छ ।

नव आगन्तुक प्रमुख जिल्ला अधिकारी जोरासिंह माझिलाइ गर्नु पर्ने कामको बारेमा अवगत गराउदै शर्माले  कार्यलय सहयोगीको भरमा काम गर्नु पर्ने अवस्थालाइ २० जना दरबन्दीमा १७ जनाको ब्यबस्थापन गरेको र आबस्यक जनशक्ति माग गरेको समेत जानकारी गराएका छ्न ।

प्रजिअ शर्माले  अख्तियार दुरुपयोग अनुसन्धान कार्यलयले छानबिनका लागि पठाइएका मुद्वाहरु मध्ये प्रतिबेदन पेश गर्नु पर्ने १५   र किनारामा लगाउनु पर्ने ८ मुद्वा रहेको समेत जानकारी गराएका छन।

यस अघि आउने जाने प्रमुख जिल्ला अधिकारीले भने यस्तो कार्य कसैले नगरेको  र रामहरी शर्माले आफू जांदा बिगतका काम र गर्नु पर्ने काम बारेमा जानकारी गराएका हुन ।उक्त कार्यको जिल्लाभर चर्चा भएको छ ।प्रजिअ शर्मा२०७८माघ महिना मा कालिकोटमा आएको बताइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित