कालीकोट ।अखिल (क्रान्तिकारी)ले विभिन्न जिल्लाको नेतृत्वमा हेरफेर गरेको छ ।कर्नाली प्रदेश इन्चार्जमा त्रिसना हमाललाई जिम्मेवारी तोकेको छ भने कालिकोट जिल्ला इन्चार्जको जिम्मेवारी पुर्ब अध्यक्ष तथा केन्द्रिय सदस्य मनसिंह शाहीलाइ तोकिएको छ ।
यस अघि जिल्ला इन्चार्जको जिम्मेवारी पाएका बिम बहादुर बमलाइ भने बिभागिय उपप्रमुखको जिम्मेवारी दिएको अखिल(क्रान्तिकारी )ले जनाएको छ ।जिल्ला इन्चार्जको जिम्मेवारी पाउने शाही एमाले र माओवादी एकताको समयमा नेकपा हुंदाको जिल्ला संयोजक समेत हुन ।
उनले संगठन परिचालनमा अब्बल भुमिका निर्बाह गरेको बताइएको छ ।अखिल (क्रान्तिकारी ) कालिकोटका जिल्ला अध्यक्ष नरेन्द्र आचार्यले संगठन परिचालनमा सक्षम नेतृत्वले जिम्मेवारी पाएको बताएका छ्न ।
Discussion about this post