प्रथम मुख्यमन्त्री शाहीले पचालझरनामा विद्यालय भवन सिलान्यस गर्दै

7
SHARES
15
VIEWS

कालीकोट । संघीय सांसद तथा कर्नाली प्रदेशका प्रथम मुख्यमन्त्री महेन्द्र बहादुर शाही पचालझरनामा भवन उद्घाटन तथा सिलान्यस गर्न कालीकोट आइपुगेका छ्न ।
पचालझरना गाउँ पालिकाकाे ज्ञानाेदय मा. बि.राम्नाकाेटको भवन सिलान्यास गर्ने र कालिका देबि आधारभूत बिद्यालय कोटिलाकाे ७ काेठे भवन उद्धाटन गर्ने कार्यक्रम रहेको बताइएको छ ।ज्ञानोद्वय माबी राम्नाकोटका विद्यालय ब्यबस्थापन समितिका अध्यक्ष तथा पचालझरना गाउँ पालिका प्रथम अध्यक्ष खड्गराज सेजुवालले बताए । उनका अनुसार सांसद शाही बिहीबार जिल्ला प्रबेश गरेको बताईएकाे छ ।
राम्नाकाेटमा रहेकाे ज्ञानाेदय मा.बिकाे ४ काेठे भवन पूर्वाधार बिकास कार्यलय मार्फत यस आ.ब ०७९/८० मा निर्माण हुने बताइएको छ ।
त्यसै गरी कालिका देबि आधारभूत बिद्यालयकाे ७ काेठे भवन कर्णाली प्रदेश सरकार र पचालझरना गाउँ पालिकाकाे अनुदानमा निर्माण सम्पन्न भएको र आज औपचारिक रुपमा उद्धाटन हुने प्रधानध्यापक चक्र बहादुर शाहीले बताएका छ्न ।
माघ १० गते उद्घाटन हुने कार्यक्रम तय भएपनी वर्षाका कारण भएको आयोजकले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित