प्रेस सेन्टरको स्थापना दिवसमा कर्नालिमा अन्तरक्रिया

7
SHARES
15
VIEWS

कालीकोट । प्रेस सेन्टर नेपालको १९ औं स्थापना दिवसमा कर्नालि प्रदेशमा अन्तरक्रिया कार्यक्रम गरेको छ । कर्नालि प्रदेश समितिले सुर्खेतमा कर्नालि प्रदेशका मुख्यमन्त्रि राज कुमार शर्माको उपस्थितिमा अन्तरक्रिया गरेर मनाएको छ ।

प्रेस सेन्टर नेपाल कर्नालि प्रदेशको आयोजना तथा प्रेस सेन्टर नेपाल सुर्खेत शाखाको संयोजनमा गरिएको अन्तरक्रिया कार्यक्रममा कर्नालि प्रदेशको दिगो विकासका लागि संचार क्षेत्रको भुमिका विषयक अन्तरक्रिया भएको बताइएको छ ।

सो कार्यक्रममा कर्नालि प्रदेशको दिगो विकासका लागि प्रेसले सकरात्मक भुमिका खेलेर सहयोग गर्न आग्रह गर्दै कर्नालि प्रदेशका मुख्यमन्त्रि राजकुमार शर्माले सबै संचारकर्मिलाई आग्रह गरेका छन । उनले अहिलेको संचारको दुनियामा सबैले प्रदेशलाई अघि बढाउन आ आफ्नो स्थानबाट भुमिका निर्वाह गर्नु पर्नेमा जोड दिइएको बताइएको छ ।

सो अन्तरक्रिया कार्यक्रममा अन्य मन्त्रिहरुका साथै नेपाल पत्रकार महांसघ कर्नालि प्रदेशका अध्यक्ष देविराम देवकोटा लगाएतका संचारकर्मिहरुको सहभागिता रहेको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित