कालीकोट । चेक बाउन्समा रास्कोटका विमल शाहीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
व्यवसायका लागि कारोबार गर्ने क्रममा शाहीले नेपालगंजका एक व्यवसायिलाई पांच लाख ५३ हजार २ सयको चेक दिएको तर उक्त चेकमा रकम नभएपछि दिएको उजुरीका आधारमा सो बराबरको विगो र एक महिना कैदका लागि प्रहरीले शाहीलाई नियन्त्रणमा लिई जिल्ला अदालत कालीकोटमा उपस्थित गराएको छ ।
जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रवक्ता सुबराज बमका अनुसार विगो तोकिएका फरार प्रतिवादी रास्कोट नगरपालिका ५ निवासि विमल शाहीलाई पक्राउ गरेको हो । प्रवक्ता बमका अनुसार कानुनि प्रक्रिया अनुसार विगो र जरिवाना असुल उपरका लागि जिल्ला अदालत कालीकोटमा उपस्थित गराइएको बताएका छन ।
Discussion about this post