लक डाउन पछि खुलेको शेयर बजार १३ अंकले गिरावट

7
SHARES
15
VIEWS

काठमाडौं,असार । लामो समयपछि खुलेको शेयर बजार सोमबार १२.७८ अंकले ओरालो झरेको छ।

बजार खुल्नेबित्तिकै घट्न थालेको शेयर बजार परिसूचक (नेप्से) ४० मिनेटमै ४ प्रतिशतले नकारात्मक भएपछि कारोबार २० मिनेटका लागि स्थगित गरिएको थियो । तर, फेरि बजार बढ्दै नेप्से परिसूचकले १ हजार २ सय विन्दु छोएको थियो । बजार बन्द हुँदा यो फेरि घटेर १ हजार १८८.७८ अंकमा ओर्लिएको छ।

सोमबार व्यापार, उत्पादनमूलक, अन्य र जीवन बीमा समूह बाहेकका सबै समूहका उपसूचक नकारात्मक भएका छन् । व्यापार समूह ५.२४ प्रतिशतले बढेको छ भने उत्पादनमूलक समूह ४.३१ प्रतिशतले बढेको छ । त्यस्तै, जीवन बीमा समूह ३.६५ र अन्य समूह ३.१३ प्रतिशतले बढेका छन्।

सोमबारको कारोबारमा सबैभन्दा धेरै विकास ब्यांक समूह ३.७४ र वाणिज्य ब्यांक समूह २.४२ प्रतिशतले ओरालो झरे । कारोबारमा सबैभन्दा धेरै नागरिक लगानी कोषको शेयरमा लगानी गरेका लगानीकर्ताले करीब १० प्रतिशत नाफा कमाएका छन् । हिमालयन डिस्टिलरीका लगानीकर्ताले ९.९६ र नेपाल इन्भेष्टमेन्ट ब्यांकका लगानीकर्ताले ९.९४ प्रतिशत कमाएका छन्।

सबैभन्दा धेरै गुमाउनेमा स्वावलम्बन लघुवित्तका लगानीकर्ता छन् । उनीहरुले सोमबारको कारोबारमा करीब १० प्रतिशत गुमाएका छन् । त्यस्तै, नेपाल पुनर्बीमा कम्पनीका लगानीकर्ताले पनि ९.९ प्रतिशत गुमाएका छन्।

सोमबार बजारमा १३० कम्पनीका रु.३४ करोड ७७ लाख मूल्य बराबरका ९ लाख ७० हजार कित्ता शेयर किनबेच भए । यो औसत बेलाको भन्दा असाध्यै न्यून कारोबार हो।

११ चैतमा बन्दाबन्दी शुरु भएसँगै बन्द नेपाल स्टक एक्सचेन्ज वैशाख अन्तिममा दुई दिन खुलेको थियो । दुई दिनमा नेप्से परिसूचक करीब ५० अंकले घटेपछि बजार फेरि बन्द गरिएको थियो । बजार खोल्न सरकारलाई चौतर्फी दबाब परेपछि नेपाल धितोपत्र बोर्डले आइतबार कारोबार खोल्न एक्सचेन्जलाई निर्देशन दिएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित