पलाता अध्यक्ष र उपाध्यक्ष द्वारा बिरामि भेटघाट,सबै नागरिकको स्वास्थ्य बिमाका लागि छलफल हुंदै

7
SHARES
15
VIEWS

कालीकोट ।पलाताले सबै नागरिकलाई स्वास्थ्य बिमामा लैजान छलफल थालेको छ ।

पलाता अस्पतालमा आज बिरामिहरुलाइ भेटघाट गर्दै पलाता गाउँ पालिका अध्यक्ष बिष्णु रोकाया र उपाध्यक्ष अलैपुरा हमाल, कार्याकारी प्रमुख सहितको टोलिले उक्त छलफल थालेको हो ।पलाता गाउँ पालिकाका प्रबक्ता तिलक बुढाका अनुसार पलाता गाउँ पालिकाका नागरिकहरुलाइ स्वास्थ्य उपचारका क्रममा सहज होस भनेर स्वास्थ्य बिमालाइ अनिवार्य गरेर लैजान छलफल थालेको बताए ।

पलात अस्पताल ब्यबस्थापन समितिका अध्यक्ष मनसिंह बमको अध्यक्षतामा बसेको बैठक उक्त बिष्य बस्तुलाइ आगामी कार्यपालिकामा छलफलका लिन प्रक्रिया अघि बढाएको बताइएको छ । पलातामा १० सैयाको अस्पतालमा अहिले विशेषज्ञ डाक्टर  सहितको स्वास्थ्य उपचार भैरहेको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित