कालिकोट ।नेकपा(माओवादी केन्द्र) खांडाचक्र नगर कमिटीका उपाध्यक्ष बिरेन्द्र चौलागाईं(बिनोद)माथिको आक्रमण लोकतान्त्रिक गणतन्त्र माथिको आक्रमण भएको जनाएको छ।
खांडाचक्र नगर कमिटीले जारी गरेको प्रेस बिज्ञप्तिमा आफ्नो पार्टीका नगर उपाध्यक्ष चौलागाईंलाई फागुन ८ गते दांहाको तेस्रो बजारमा मदिरा सेवन गरेका दुई ब्यक्तिले कुटपिटका साथै बजारमा घिसारेर अभद्र व्यबहार गरेको भन्दै खांडाचक्र नगर कमिटीले कारबाहिको माग गरेको छ ।
नगर कमिटी अध्यक्ष धनलाल अधिकारी र सचीव प्रबानन्द आचार्य द्वारा हस्ताक्षर बिज्ञप्तिमा सो कुरा उल्लेख गरिएको छ ।
पिडित चौलागाईंले जिल्ला प्रहरी कार्यलय कालिकोटमा उजुरी दिएको बताए । उनले भने आफुलाइ बिना कारण हातपात भएको बताउदै दोषीलाई कानुनी कारबाही गर्न प्रशासनलाई अनुरोध गरेका छन
Discussion about this post