हिमचुलि सहकारी समाजवादी मोडेल हो-पुर्ब मुख्यमन्त्री शाही

7
SHARES
15
VIEWS

कालिकोट । नेकपा(माओवादी केन्द्र)का पोलिट ब्युरो सदस्य तथा कर्नालि प्रदेशका प्रथम मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले कालिकोटमा स्थापना भएको हिमचुली कृषि सहकारी संस्था लि.समाजबादी मोडल भएको बताएका छ्न ।

हिमचुली कृषि सहकारी संस्था लि.ले गरेको सम्मान तथा स्वागत कार्यक्रममा बोल्दै प्रथम मुख्यमन्त्री शाहीले सो कुरा बताएका हुन ।

त्यसै गरी कर्नाली प्रदेशका भौतिक पुर्बाधार,उर्जा तथा जलस्रोत मन्त्री मंगल बहादुर शाही,राज्यमन्त्री उर्मिला बिकलाइ समेत स्वागत तथा सम्मान गरिएको छ ।उक्त सम्मान कार्यक्रममा बोल्दै मन्त्री शाहीले हिमचुली कृषि सहकारीले खेलेको भुमिकाले अतुलनीय भएको र आफ्नो तर्फबाट सहयोग हुने बिश्वास दिएका छ्न । उनले कर्नाली प्रदेशको नमुना सहकारी भएकाले प्रदेशले उचित स्थानमा राख्न आफुले जति सक्दो सहयोग गर्ने बताएका छ्न । संस्थाका अध्यक्ष काली बहादुर महताराले ज्ञापन पत्र बुझाउदै संस्थाले जिल्लाका सबै स्थानीय तहमा कृषि संकलन केन्द्र स्थापना गर्ने देखि अर्गानिक बस्तु र दुधको ढुवानीका लागि साधन ब्यबस्थापन गर्न माग गरेका छ्न ।

कालिकोट  जिल्लामा २०६५ सालमा स्थापना भएको हिमचुली कृषि सहकारी संस्थाले जिल्लाका ९ वटै स्थानीय तहमा सेवा केन्द्र स्थापना गरेको र  कृषि सम्बन्धि विभिन्न कार्यक्रम गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित