संसदमा गुरिल्ला युद्ध आबस्यक छ-सांसद शाही

7
SHARES
15
VIEWS

कालीकोट ।नेकपा(माओवादी केन्द्र)का पोलिट ब्युरो सदस्य तथा कर्नाली प्रदेशका प्रथम मुख्यमन्त्री महेन्द्र बहादुर शाही(प्रज्वल)ले संसदीय राजनैतिकमा गुरिल्ला युद्ध जरुरी भएको बताएका छ्न ।हामिले हिजो जनयुद्धकामा गरिएको छापामार शैलिको प्रयोग अहिले पनि जरुरी भएकाले प्रचण्डले विभिन्न दलहरु संगको साझेदार भएर अघि बढेको बताउदै प्रतिनिधि सभाका सदस्य तथा प्रथम मुख्यमन्त्री शाहीले नेपाल बनाउने हुटहुटी भएकै कारण देश उधोगती तर्फ लिने जो सुकैलाइ तह लगाउने तागत देखेर केपि वलि हैरान भएको बताए ।

नेकपा(माओवादी केन्द्र) को जिल्ला समन्वय समितिको बैठकलाई सम्बोधन गर्दै प्रथम मुख्यमन्त्री शाहीले सो कुरा बताएका हुन ।उनले भने प्रचण्ड बसेका ठाउँमा औंला चलेको देखेर त्यही अनुसार दिमाग खेलीरहने बताए ।पार्टी संगठन कमजोर नभएको तर एजेन्डा माओवादीको भएर अहिलेको परिवर्तन आएको केही तत्वहरुको हालिमुहाली नभएकाले प्रतिगमनकारीहरु बरबराउन थालेको  बताए ।

नेता शाहीले अब दुुइ महिने बिकाश र समृद्धिका लागि सुदृढीकरण अभियानमा सबै नेता कार्यक्रताहरु जनस्तरमा गएर स्थानीय सत्ता  देखि संघ सरकारले गर्ने कामको बारेमा स्थापित गर्न निर्देशन दिएका छ्न ।सो बैठकमा केन्द्रीय सदस्य जीवन बुढा,दुर्ग रावत,बिष्णु बिक लगाएतका नेताले सम्बोधन गरेका छ्न ।

दुई महिने अभियानमा पालिका स्तरमा केन्द्रिय सदस्यहरुको नेतृत्वमा कार्यबिभाजन गरेको जिल्ला समन्वय समितिका संयोजक लक्ष्मी चौलागाईंले  बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित