माओवादी केन्द्रको गाउँ गाउँमा सुदृढिकरण अभियान

7
SHARES
15
VIEWS

कालीकोट । नेकपा(माओवादी केन्द्र) कालीकोटले दुई महिने अभियान थालेको छ । जिल्ला स्तरमा शुरु गरेको अभियान अहिले ग्रामिण क्षेत्रमा शुरु भएको छ ।पार्टी केन्द्रले आयोजना गरेको विकास र सम्बृद्धिका लागि सुदृढिकरण नारा दिएको अभियानका सिलसिलामा पार्टीका केन्द्रिय सदस्यहरुको नेतृत्वमा ग्रामिण क्षेत्रमा खटाइएको छ ।

पार्टी सरकारमा भएको अवस्थामा जनतामा समस्याहरु के के छन र पार्टीलाई जनस्तरमा स्थापित गर्न के गर्नु पर्छ भन्ने हेतुले अभियान थालिएको बताइएको छ । नेकपा(माओवादी केन्द्र)का पोलिट व्युरो सदस्य तथा कर्नालि प्रदेशका प्रथम मुख्यमन्त्रि महेन्द्र बहादुर शाहीले फागुन दोस्रो साता उद्घाटन गरेको अभियानले गाउँ गाउँमा विस्तार बैठक तथा भेला सम्मेलन शुरु गरेको छ । नेकपा(माओवादी केन्द्र)ले आगामि वर्ष २०८०को बैशाख १४ गते सम्म अभियान संचालन गर्ने पार्टी केन्द्रको निर्देशन रहेको र सोही बमोजिम जिल्ला स्तरमा व्यापक मात्रामा जनपरिचालनका साथै पार्टी र सरकारले खेल्नु पर्ने भुमिकाका विषयमा अघि बढ्ने जिल्ला संयोजक लक्ष्मि प्रसाद चौलागाई(शैलेन्द्र)ले बताए ।उनले भने यस अवधिमा संगठन सुदृढ गर्नुका साथै जनताहरुका समस्याको पहिचान गरेर स्थानिय सरकार देखि प्रदेश हुंदै संघिय सरकार सम्मका कामकार्वाहीमा जोड दिने रहेको बताएका छन ।

अहिले पचालझरना,नरहरिनाथ,महाबै गाउँ कमिटिले पालिका स्तरमा बैठकको आयोजना गर्नुका साथै वडा स्तरमा विस्तारित बैठकको आयोजना गरेको बताइएको छ । पचालझरना गाउँ पालिकाका सबै वडामा आज विहबार एक साथ अभियानको शुरु गरिएको केन्द्रिय सदस्य एवंम अभियानको संयोजक गंगा खड्का(बोगटी)ले बताइन । उनले भनिन आज मात्र वडा स्तरमा विस्तारित बैठकका साथै महिलाहरुका वडा स्तरमा वडा सम्मेलन सम्पन्न गरेको बताउदै दुई महिनामा अभियानको क्रममा पचालझरना सरकार र पार्टीको भुमिकाका विचमा अन्तरक्रिया गर्दै जनताका समस्यालाई मध्यनजर गरेर सांच्चै जनताको पक्षमा माओवादी केन्द्र रहेछ भन्ने महसुस गराउने बताइन ।

त्यसै गरी अभियान टोलिका संयोजक तथा केन्द्रिय सदस्य जिवन बुढाले तिलागुफा नगर कमिटीले आयोजना गरेको बैठकलाई सम्बोधन गर्दै अबको तिलागुफा कस्तो बनाउने भन्ने बारेमा माओवादी केन्द्रको हातमा रहेको बताएका छन ।

आज महाबै गाउँ कमिटीले आयोजना गरेको विस्तारित बैठकमा केन्द्रिय सदस्य तथा कालीकोट जिल्ला संयोजक लक्ष्मि प्रसाद चौलागाईले अभियानमा जनताको सेवा गर्ने देखि विभिन्न रचनात्मक काम गर्न कार्यक्रताहरुलाई निर्देशन दिएका छन । पछिल्लो समयमा माओवादी केन्द्रले जित हांसिल गरेका र नगरेका पालिकामा जनसेवक भएर आगामि दिनमा अघि बढ्ने रणनिति बनाएको छ । जनतामा फर्किने कार्यलय जनताहरुले आ आफ्ना राय सल्लाह दिन शुरु गरेका छन ।

पचालझरना गाउँ पालिकाका स्थानिय मानविर कठायतले भोट हालेपछि गाउँमा नफर्किने नेताहरुको बानिलाई सुधार गर्दै माओवादी केन्द्रले गाउँ फर्किने अभियानले जनताले निर्धक्क भएर कुरा राख्न पाउने बताएका छन ।
अभियानको नेतृत्व गर्ने नेकपा(माओवादी केन्द्र)का पोलिट व्युरो सदस्य महेन्द्र बहादुर शाहीले अबको पार्टी मन लाग्ने गरेर जे पायो त्यहि नगरेर अनुशासित बनाउनकै लागि अभियान शुरु गरेको बताए । विगतका जस्तै आगामि दिनमा नहुने बताउदै प्रथम मुख्यमन्त्रि शाहीले जनतामा केही फरक महसुसका साथ आफु अघि बढ्ने बताउदै अभियानले नयाँ आयाम थप्ने बताएका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित