पचालझरनाका सबै विद्यालयमा सुचना अधिकारी नियुक्त

7
SHARES
15
VIEWS

कालीकोट । पचालझरनाका सबै विद्यालयमा सुचना अधिकारी नियुक्त गर्ने क्रम शुरु भएको छ ।यस अघि शिक्षा निर्देशानलयले दिएको निर्देशन अनुसार पचालझरना गाउँ पालिकाले शुरुवात गरेको छ । पचालझरना गाउँ पालिकाका माध्यमिक विद्यालयहरुमा सुचना अधिकारी नियुक्त गरेको हो ।

पचालझरना गाउँ पालिकाको वडा नम्बर १मा रहेको सरस्वति माध्यमिक विद्यालयमा शिक्षक मुनिचन्द्र उपाध्ययलाई सुचना अधिकारीमा नियुक्त गरेको छ । विद्यालयमा विहबार बसेको अभिभावक भेलाले शिक्षक अभिभावक संघको अध्यक्षमा जसिराम न्यौपानेलाई सर्वसम्मत गरेको विद्यालयका प्रधानध्यापक शँकर न्याैपानेले बताएका छन ।

यस अघि सो विद्यालयको व्यवस्थापन समितिमा गोकुल खड्काललाई सर्वसम्मत गरेको थियो । पचालझरनामा रहेका ८ वटा मावि मध्ये अधिकांसले सुचना अधिकारी चयन गरेको शिक्षा शाखा प्रमुख नमराज शाहीले बताएका छन ।

पचालझरना गाउँ पालिकाले पनि सुचना अधिकारी तोकेको प्रमुख प्रशासकिय अधिकृत पूर्ण बहादुर विकले बताएका छन ।सुचनाकाे हक अन्तरगत नेपाल सरकारले सरकारी तथा गैरसकारी निकायमा सुचना अधिकारी ताेक्ने निर्देशन दिइसकेकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित