माओवादी पचालझरनाले संगठन सुदृढीकरण गर्दै,वडस्तरमा नेतृत्व फेरबदल

7
SHARES
15
VIEWS

कालिकोट । नेकपा(माओवादी केन्द्र) पचालझरनाले अभियान तिब्र पारेको छ । नारी दिवस अर्थात ८ मार्चको दिनमा एकसाथ उद्घाटन गरेको अभियानमा वडा स्तरमा  नेतृत्व हेरफेर गरेको छ ।

नेकपा(माओवादी केन्द्र)का बैकल्पिक केन्द्रिय सदस्य गंगा खड्का(बिरोध)को नेतृत्वमा शुरु भएको अभियानले वडा नम्बर १ सिकुमा वडा कमिटी सचीवमा कुलमान बोगटीलाई सर्बसम्मत गरेको छ भने वडा नम्बर ८ मा वडा कमिटी अध्यक्षमा भुपेन्द्र शाही र सचीवमा रतने टमट्टालाइ सर्बसम्मत गरेको पचालझरना गाउँ कमिटी कार्यबाहक अध्यक्ष करबिर बिक(कल्याण)ले बताएका छन ।उनका अनुसार पचालझरनाका अन्य  वडामा नेतृत्व फेरबदल गर्ने र सत्तामा भएका नेताहरुको दोहोरो जिम्मेवारी नदिने बताए ।पचालझरनामा वडा स्तरमा प्रदेश सदस्यलाइ अभियानको जिम्मेवारी दिएको छ भने टोल स्तरमा जिल्ला समन्वय समिति सदस्यको नेतृत्वमा अभियान तिब्र पारिएको गाउँ पालिका अभियानको संयोजक गंगा खड्काले बताइन् ।

दुई महिने अभियानमा पचालझरनामा पार्टी र सरकार बिच अन्तरक्रिया गर्दै जनताका समस्या समाधान गर्न एक भएर जानुका साथै पचालझरनामा एक नम्बर पार्टी भएको र थप ब्यबस्थित पार्दै बैशाख १४ गते सम्म पालिका कमिटीमा विशेष गाउँ सम्मेलन मार्फत नयाँ नेतृत्व चयन गर्ने बताइन ।पचालझरनामा अहिले पार्त्टीप्रअबेेेअगर्ने क्रम पनि बढेको छ ।

पार्टी केन्द्रले जारी गरेको बिकाश र समृद्धिका लागि सुदृढीकरण अभियानले स्थानीय  देखि केन्द्रिय स्तरमा नयाँ आयाम थप्ने बिश्वास लिएको छ ।संगठन सुदृढ गर्न पार्टी सदस्य नवीकरण देखि नयाँ सदस्यता प्रदान गर्ने अभियानको लक्ष्य रहेको पचालझरना गाउँ कमिटी इन्चार्ज तारा न्यौपानेको भनाइ रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित