पचालझरनामा अल्ट्रासाउण्ड सेवा शुरु

7
SHARES
15
VIEWS

कालीकोट ।पचालझरना गाउँ पालिकाले गर्भवति महिलाहरुका लागि ग्रामिण अल्ट्रासाउण्ड कार्यक्रमको शुरुवात गरिएको छ ।पचालझरना गाउँ पालिका स्थित स्वस्थ्य शाखाले पालिकामा पहिलो पटक अल्ट्रासाउण्ड कार्यक्रम लागु गरे संगै गर्भवति महिलाहरुलाई स्वस्थ्य परिक्षणमा सहजता आएको छ । आज गरिएको अल्ट्रासाउण्ड कार्यक्रमको जिल्ला समन्वय समिति कालीकोटका उपप्रमुख मिना रावत(विक)ले उद्घाटन गरेको बताइएको छ ।

पचालझरना गाउँ पालिका उपाध्यक्ष अल्किना बमका अनुसार महिलाहरुले अल्ट्रासाउण्डका लागि छिमेकी पालिका तथा जिल्ला अस्पतालका साथै जिल्ला बाहिर जानु पर्ने बाध्यतालाई मध्यनजर गर्दै उक्त कार्यक्रम लागु गरिएको बताइन । पचालझरना स्वस्थ्य कार्यालयमा कार्यरत अनमि नविता उपाध्ययले स्थानिय महिलाहरुको अल्ट्रासाउण्ड शुरु गरेको र जिल्ला समन्वय समिति कालीकोटका उपप्रमुख मिना रावतले उद्घाटन गरेको बताइएको छ ।

अब पचालझरना गाउँ पालिकामा महिलाहरुको स्वस्थ्य अवस्थाका बारेमा स्वस्थ्य परिक्षण हुने पचालझरना स्वस्थ्य शाखा प्रमुख विरेन्द्र संज्यालले बताएका छन । पचालझरना गाउँ पालिकामा ५ सैयाको अस्पतालमा विज्ञ स्वस्थ्यकर्मि मार्फत स्वस्थ्य उपचार भइरहेको छ ।

अहिले एक जना डाक्टरको दरबन्दि कायम गरेर नागरिकको स्वस्थ्यमा उचित ध्यान दिएको गाउँ पालिका अध्यक्ष देवराज शाही(अग्नि)ले बताएका छन । पचालझरना गाउँ पालिकामा सबै वडामा स्वस्थ्य इकाई केन्द्र तथा स्वस्थ्य चौकीको व्यवस्थापनका साथै भवनको समेत व्यवस्थापन गरिएको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित