रास्काेटमा वास्तविक नगर सरकारको महसुस हुने गरी काम गरिन्छ-नगर प्रमुख शाही

7
SHARES
15
VIEWS

कालीकोट ।रास्कोट नगरपालिकाका प्रमुख धर्मराज शाहीले रास्कोट बासिलाई नगर सरकारले जनमुखि काम गर्ने गरी महसुस सहितको सेवा दिएको बताएका छन ।

आज मेयर हेल्थ कार्यक्रम अन्तरगत वडा न.७मा आयोजित स्वस्थ्य शिविरमा बोल्दै प्रमुख शाहीले सो कुरा बताएका हुन । उनले समुदायको हितका लागि टोल टोलमा सामाजिक सुरक्षा भत्ता,स्वस्थ्य परिक्षण देखि अन्य कार्यक्रमहरु विस्तार गरेको बताउदै केही समय पछि नागरिकता पाउनका लागि समेत रास्कोटमा तयारी भएको बताएका छन ।

अहिले जनताका समस्या सुन्न र समाधनका लागि गुनासो सुनुवाई गरिएकाले लागेका कुरा सिधै फोन गरेर राख्न समेत समुदायालई अनुरोध गरेका छन । सबै भन्दा जनताको स्वस्थ्य क्षेत्रमा उचित ध्यान दिएको नगर सरकारले खाद्य संस्थानको चामलको व्यवस्थापन देखि अन्य सेवा सुविधालाई जोडेर लैजाने नगर सरकारको प्रमुख लक्ष्य रहेको बताइएको छ ।

रास्कोट नगर सरकारले पछिल्लो समयमा जनताका आधारभुत समस्याको निराकरण गर्दै विकास निर्माणका काममा जोड दिन थालेको नगर पालिकाका प्रवक्ता धन बहादुर धामिले बताएका छन ।गाउँ घरमा स्वास्थ्यकर्मी साथि,भरोसा होस नगर माथि भन्ने मुल नाराका साथ रास्कोटका सबै वस्तिमा गर्भवति आमाहरुका लागि अल्ट्रासाउण्ड,लगाएतका स्वस्थ्य सेवा शुरु गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित