कालीकोटका तिला र जनेचतनामा अखिल(क्रान्तिकारी),नन्दादेविमा नेविसंघको विजयि

7
SHARES
15
VIEWS

कालीकोट ।तिन वटा क्याम्पस रहेको कालीकोटमा दुई स्थानमा अखिल(क्रान्तिकारी)ले बाजि मारेको छ । यस अघि भएको सहमति अनुसार नेकपा(एमाले) निकट अनेरास्ववियुले असहमति जनाए संगै नेपालि कांग्रेस निकट नेविसंघ र माओवादी केन्द्र निकट अखिल(क्रान्तिकारी)को गठबन्धन भए संगै दुई क्याम्पसमा अखिल(क्रान्तिकारी)ले विजय हात पारेको छ भने अर्काेमा भने सहमति अनुसार नेविसंघले विजय भएको हो ।

जस अनुसार जिल्ला सदरमुकाममा रहेको तिला कर्नालि बहुमुखि क्याम्पस ताडीमा अखिल(क्रान्तिकारी)का तर्फबाट उम्मेद्धार रहेको हिक्मत सिंहले ८६ मत ल्याई विजयि भएका छन भने उनका निकटतम प्रतिद्धन्द्धि रम्बा कुमारी शाहीले ६३ मत ल्याएको बताइएको छ । त्यसै गरी सचिवमा खगेन्द्र प्रसाद पाण्डेले ९७ मत ल्याएर विजयि भएका हुन भने उनका निकटतम प्रतिद्धन्द्धि तिर्थ शाहीले ४८ मत ल्याएको बताइएको छ । सान्नित्रिवेणि गाउँ पालिकामा रहेको जनचेतना बहुमुखि क्याम्पस मेहलमुडीमा अखिल(क्रान्तिकारी)का तर्फबाट पार्वति सिंह अध्यक्षमा निर्वाचित भएकी छन । उनका प्रतिद्धन्धि अनेरास्ववियुका धर्मराज शाहीले जम्मा ९ मत प्राप्त गरेको जनचेतना बहुमुखि क्याम्पसले जनाएको छ ।

सो क्याम्पसमा मतदाता कम भएसंगै पराजय हुने आशंकामा एमाले निकट अनेरास्ववियुले धांदलि गरेपछि प्रहरीले अश्रुग्यांस प्रहार गर्दै शान्ति सुरक्षा कायम गर्दै मतदान भएको जिल्ला प्रहरी कार्यालय कालीकोटले जनाएको छ । निर्वाचन विथोल्ने जत्थालाई तह लगाउन अश्रुग्यास प्रयोग गरिएको र सामान्य धरपकड भएको बताइएको छ । निर्वाचन विथोल्न खोज्ने पलांता गाउँ पालिका पूर्व अध्यक्ष लक्ष्मण बम लगाएतका अराजक जत्थालाई स्थानियले नियन्त्रण लिन खोज्दा झडप भएको बताइएको छ ।

झडपलाई शान्त पार्न गएकी महिला नेतृ मिठु बम(शैलेजा)माथि हातपात हुन थाले पछि अराजक समुहलाई प्रहरीले नियन्त्रण लिन खोज्दा भागेर गएको बताइएको छ । नरहरिनाथ गाउँ पालिकामा रहेकाे नन्दादेवि बहुमुखि क्याम्पसमा नेविसँघका तर्फबाट जुनिता विष्ट सर्वसम्मत भएकी छन भने अन्य पदहरुमा समेत सहमति भएकाे बताइएकाे छ । कालीकोट जिल्लामा माओवादीको पहुंच भएकै कारण माओवादी विरुद्ध विभिन्न स्थानमा उछृंखल कार्य हुदै आउने गरेको र त्यसको सामना गर्दै आएको नेकपा(माअ‍ोवदाी केन्द्र)ले जनाएको छ । नेकपा(माओवादी केन्द्र)का कर्नालि प्रदेश कमिटि सदस्य तथा विद्यार्थि संगठनका विभागिय इन्चार्ज खडगराज सेजुवालले आफुहरु संमयित भएकै कारण अराजक समुहहरु सलबलाएको र आफै खाडलमा परेको बताएका छन ।

तिला कर्नालि बहुमुखि क्याम्पसका विजयि सभापति हिक्मत सिंहले शिक्षा क्षेत्रमा देखिएका समस्याको निराकरणका लागि आफुलाई सबैले साथ दिने र सम्बन्धित निकायमा पुगेर तिला कर्नालि बहुमुखि क्याम्पसको भौतिक संरचना देखि अन्य कार्यहरु गर्ने बताएका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित