नेपालमा संक्रमितको संख्या १४ हजार नाघ्यो, थपिए ४८२ संक्रमित

7
SHARES
15
VIEWS

काठमाडौं,असार । नेपालमा पछिल्लो २४ घण्टामा ४८२ जना कोरोनाभाइरस संक्रमित थपिएका छन्।

देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा थप ४८२ जना कोरोनाभाइरस संक्रमित देखिएका हुन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा ४८२ जनामा कोरोनाभाइरस संक्रमण देखिएको जनाएका हुन्।

नेपालमा अब संक्रमितको संख्या १४ हजार ४६ पुगेको छ। थप १४६२ जना निको भएका छन्। यो सहित निको हुनेको संख्या ४६५६ पुगेको छ।

काेराेनाभाइरसबाट हालसम्म ३० जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार अछाम जिल्लाको रामरोसन गाउँपालिकाका ४५ वर्षीय पुरुषको मृत्यु भएपछि मृतककाे संख्या ३० पुगेकाे हाे।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित