स्वास्थ्य कार्यालयलाई विश्व स्वास्थ्य संगठनको आपतकालिन सामाग्रि

7
SHARES
15
VIEWS

कालीकोट । जिल्ला स्वास्थ्य सेवा कार्यालय कालीकोटलाई आपतकालिन औषधि परिक्षण सामाग्रि हस्तान्तरण गरेको छ ।

विश्व स्वास्थ्य संगठनका आपतकालिन विभागका टिम लिडर डाक्टर एलिसनको टोलिले जिल्ला स्वस्थ्य सेवा कार्यालय कालीकोटका निमित्त व्यवस्थापक कटक बहादुर महतलाई उक्त सामाग्रि हस्तान्तरण गरेका हुन ।

जिल्ला स्वास्थ्य सेवा कार्यालय कालीकोटका निमित्त व्यवस्थापक महतका अनुसा आपतकालिन अवस्थामा बाढि पहिरो,आगलागि लगाएतका ठाउँमा स्वस्थ्य सेवा दिदा प्रयोग हुने सामाग्रि सहितको २ वटा झोला हस्तान्तरण गरिएको बताए । उनले भने जिल्लामा यस अघि प्रयोग गर्ने सामाग्रि भन्दा फरक र महत्वपूर्ण सामाग्रि भएकाले उपचारमा सहजता आउने बताएका हुन ।

जिल्ला स्वास्थ्य कार्यालय कालीकोटले उक्त सामाग्रि प्राप्त गरेकामा विश्व स्वास्थ्य संगठनको आपतकालिन विभागलाई धन्यवाद समेत दिएको निमित्त स्वस्थ्य सेवा व्यवस्थापक महतले बताएका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित