पलाता अस्पतालले चुनौतीका बाबजुद स्वास्थ्य सेवा दिदै आएको छ- डाक्टर महत्तो

7
SHARES
15
VIEWS

कालिकोट । स्थापना भएको छोटो समयमा पलाता अस्पतालले स्वास्थ्य क्षेत्रमा नयाँ आयाम कायम गरेको छ ।
पलाता गाउँ पालिकाको थिर्पुमा २०७७ साल माघ १५ गते स्थापना भएको १० सैयाको अस्पतालले तमाम अभावका बिचबाट स्वास्थ्य सेवामा कमि हुन नदिन बिभिन्न सेवा दिएको बताइएको छ ।
पलाता अस्पतालका प्रमुख डाक्टर बिजय कुमार महत्तोका अनुसार पलाताका मात्र नभई सुदुरपश्चिम प्रदेशको बाजुरा जिल्लाको स्वामिकात्तिक गाउँ पालिका र नजिकको छिमेकी पचालझरनाका बिरामिल सेवा पाएको बताए ।
अहिले पलाता अस्पतालले ल्याब,अल्ट्रासाउन्ड,क्षयरोगको जांच,प्रसुती सेवा,अन्तरंग बिभाग,आपतकालीन लगाएतका सेवा दिदै आएको अस्पताल प्रमुख महत्तोले बताए ।
स्थापनाकालमा जनशक्ति देखि भौतिक संरचनाको अभाब झेल्दै आएको अस्पतालले अहिले दरबन्दी अनुसारको जनशक्ति देखि स्वास्थ्य सामाग्रीको हल गर्दै आएको गाउँ पालिकाले पछिल्लो समयमा विशेष जोड दिन थालेको महत्तोको भनाइ रहेको छ ।
पछिल्लो समय दैनिक २० देखि २५ जना बिरामीको उपचार हुने गरेको पलाता अस्पतालले ग्रामीण स्तरमा समेत शिबिर संचालन समेत गरेको छ ।अस्पतालका अनुसार जेष्ठ नागरिक,अपांग तथा सहिद स्मृति विद्यालयका बालबालिका र अति बिपन्नलाई निशुल्क सेवा दिएको समेत बताइएको छ ।
पलाता अस्पतालका बारेमा पलाता गाउँ पालिका अध्यक्ष बिष्णु रोकायाले अस्पतालमा कुनै पनि कमि हुन नदिने बताउदै केही अपुग्ताका बारेमा आगामी दिनमा पूरा गर्दै अघि बढ्ने बताएका छ्न ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित