सान्नित्रिबेणिमा सहकारी सदस्यहरुलाइ व्यवसायिक तालिम शुरु

7
SHARES
15
VIEWS

कालीकोट ।हिमचुलि कृषि सहकारी संस्था लि.ले सान्नित्रिवेणि सेवा कार्यालयमा सस्यहरुलाई सिप विकास तालिम शुरु गरेको छ ।

संस्थाका सदस्यहरुलाई कृषि तथा पशुपालन सम्बन्धि तालिम शुरु गरेको संस्थाका तालिम विभाग प्रमुख कृष्ण प्रसाद बरालले बताएका छन । बरालका अनुसार सिप विकास तालिममा २० जना महिलाहरुको सहभागिता रहेको थियो । सो तालिमको सहजिकरण संस्थाका अध्यक्ष काली बहादुर महतारा र पशु शाखाका प्रमुख विष्णु बहादुर सिंहले सहजिकरण गरेको बताइएको छ । सान्निविेणि सेवा कार्यालय व्यवस्थापक लक्ष्मि थापा बरालको अध्यक्षतामा भएको तालिममा बाख्रा पालन व्यवसाय गर्दै आएका सदस्यहरुको सहभागिता रहेको बताइएको छ ।

तालिमले आफुहरुको व्यवसाय बृद्धिमा थप टेवा मिलेको तालिममा सहभागि पन्चपुरा तिरुवाले बताइन । अहिले सम्म परम्परागत रुपमा व्इवसाय गर्दै आएकोमा रोगव्यधिका देखि रेखदेख सम्मको जानकारी पाएको बताएकी छन ।संस्थाले मंगलबार सदस्यहरुबाट आगामि कार्ययोजनाका लागि सुझाव संकलन गर्न अन्तरक्रिया समेत गर्ने तालिम विभाग प्रमुख बरालले बताएका छन ।

जिल्लाभर हिमचुलि कृषि सहकारी संस्थाले २ हजार जना सदस्यहरुलाई यस वर्ष विभिन्न किसिमको तालिम दिने संस्थाले जनाएको छ । हाल सहकारी संस्थाका १४ हजार २ सय ८९ जना सदस्यहरु रहनुका साथै जिल्ला भर ९ वटा सेवा कार्यालय रहेको संस्थाका मुख्य व्यवस्थापक जगेन्द्र प्रसाद आचार्यलय बताएका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित