कालिकोट ।पलाता गाउँ पालिकाका निमित्त कार्यकारी प्रमुख कर्मसिं बमले निती नियम तथा कार्यविधि बनाएर कामकारबाही ब्यबस्थित बनाएर अघि बढ्ने बताएका छन ।
कर्नाली संचार संग कुरा गर्दै कार्यकारी प्रमुख बमले समुदाय स्तर देखि माथिल्लो निकायले विधि पद्धति भन्दा पनि बाहिरबाट काम हुने र भोलिका दिनमा समस्या हुने देखिने भएकाले सोही अनुसार अघि बढ्न शुरु गरेको बताए ।
बमका उहिले मौखिक आधारमा निर्देशनको भरमा गरिने कामले समस्या आएकोले अहिले ९/१० वटा कार्यबिधी बन्ने क्रममा रहेको बताउदै केही नीति बनेको र केही प्रक्रियामा रहेकाले चालू आर्थिक वर्षमा लागू गरिने तयारी छ ।बमले अगाडि थप्दै भने समुदायमा उपभोक्ता समिती गठनमा अनिवार्य रुपमा फोटो राख्ने गरेको बताए ।अब कुनै पनि समस्या नरहने गरी अघि बढ्ने बताए ।
Discussion about this post