शैक्षिक गुणस्तर कायम गर्न अभिभावकको भुमिका महत्त्वपूर्ण हुन्छ- अध्यक्ष रोकाया

7
SHARES
15
VIEWS

कालिकोट ।पलाता गाउँ पालिका अध्यक्ष बिष्णु रोकायाले शैक्षिक गुणस्तर कायम गर्ने पहिलो दायित्व भएको बताएका छ ।आज पलाता गाउँ पालिकाको वडा नम्बर २को मेहेल्नेमा रहेको जनबिचार आधारभुत विद्यालयले आयोजना गरेको नतिजा सार्वजनिक तथा पुरुस्कार बितरण कार्यक्रमलाई सम्बोधन गर्दै सो कुरा बताएका हुन ।
अध्यक्ष रोकायाले शिक्षाको ज्योती फैलाउन समुदाय,विद्यार्थी,शिक्षकहरुको महत्त्वपूर्ण भुमिका हुने भएकाले सबैले एकसाथ लाग्नु पर्नेमा जोड दिएका छन ।सो कार्यक्रममा गाउँ शिक्षा शाखा प्रमुख कल बहादुर भण्डारीले पलाताको शैक्षिक स्तर उकास्नका लागि अभियान संचालन गरेको र उक्त अभियान अन्तरगत मेहेल्नेमा जनबिचार आधारभुत विद्यालयका समुदायले शुरु गरेको बताए ।
पलाता गाउँ पालिकाले शैक्षिक सुधारका लागि हाम्रो अभियानले गाउँ गाउँमा सरोकारवालाहरु लागि परेको बताएको छ ।
शैक्षिक गुणस्तरका लागि आजको आबस्यक्ता,पलाता सरकारको प्रतिबद्धता भन्ने मुलनाराका साथ गाउँ पालिकाका सबै विद्यालयमा अभियान निरन्तर जारी रहने बताएका छन ।
जनबिचार आधारभुत विद्यालयका अभिभावक तथा विद्यार्थीहरुले भौतिक संरचना,शैक्षिक सामाग्री देखि खानेपानी र सौचालयको स्तरन्नती गर्न पालिका सरकार संग माग गरेका छ्न ।
सो कार्यक्रमलाई सम्बोधन गर्दै पुर्ब रास्ट्रीय सभा सदस्य जीवन बुढा,पुर्ब वडाअध्यक्ष मान बहादुर भण्डारी,वडा अध्यक्ष ज्ञान बहादुर ऐडी लगाएतले सम्बोधन गर्दै शिक्षामा राजनीतिक गर्ने थलो नभएकोले सबै लागि पर्न अनुरोध गरेका छ्न ।
विद्यालयका आबस्यक्ता परिपुर्ति गर्न आफ्नो पुर्ण सहयोग गर्ने प्रतिबद्धता समेत गरेका छ्न ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित