पचालझरनमा नुन लिनेको घुइँचो,सदरमुकाममा पाउने नुन गाउँमा पाउँदा स्थानीय खुशि

7
SHARES
15
VIEWS

कालिकोट ।आयोडिन युक्त नुन गाउँमै बितरण गरिएको छ ।स्थानीय सरकारले पछिल्लो समय जिल्लामा पाइने सेवा सुबिधा गाउँमा दिन थालेका छ्न ।पचालझरना गाउँ पालिकाले सबैको पायक पर्ने भैसिसैनमा सहुलियत दरमा पाउने गरी आयोडिन युक्त नुन बिक्रि केन्द्र स्थापना संगै नुन बितरण शुरु गरेको छ ।

पचालझरना गाउँ पालिका अध्यक्ष देबराज शाहीले समुदायलाई नुन बितरण गरेर नुन बिक्रि केन्द्र उद्घाटन गरेका छ्न ।उनले समुदायलाई नुन लिनकै लागि जिल्ला सदरमुकाम जानुपर्ने बाध्यतालाई मध्य नजर गर्दै गाउँमा नुन बिक्रि शुरु गरेको बताए ।

पटकपटकको स्थानीयको गुनासोलाइ सम्बोधन गर्दै अध्यक्ष शाहीले जनताको हितमा काम गर्न आफू लागि परेको र आगामी केही दिन भित्र खाद्यान्नको सहुलियत दरमा चामल समेत ल्याउने तयारी भएको बताएका छ्न ।पचालझरना गाउँ पालिका प्रमुख प्रशासकिय अधिकृत पुर्ण बहादुर बिकले पहिलो दिनमै साढे ६ कुयन्टल नुन बिक्रि भएको र निमित रुपमा नुन बिक्रि जारी राख्ने बताएका छ्न ।

पचालझरना ४ का बिष्णुलाल न्यौपानेले आफुले दुई दिन लगाएर सदरमुकाम  नुन जांदा दुख संगै थप खर्च लाग्ने भएकोमा अब गाउँमा नुन पाउँदा ढिके नुन खान बाध्य समुदायलाई राहत पुगेको बताएका छ्न ।

यस अघि गएको वर्ष रास्कोट नगरपालिकाले आरसिपी बजारमा नुन बिक्रि केन्द्र(डिपो) संचालनमा ल्याएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित