पचालझरनामा दलित संगठित हुँदै,वडा स्तरमा भेला

7
SHARES
15
VIEWS

कालिकोट ।पचालझरना गाउँ पालिकामा नेकपा(माओवादी केन्द्र)निकट दलित मुक्तिमोर्चाको गाउँ भेला शुरु भएको छ ।नेपाल दलित मुक्तिमोर्चाका प्रदेश सदस्य सचेत बिक,नेकपा(माओवादी केन्द्र)पचालझरना गाउँ कमिटी कार्यबाहक अध्यक्ष करबिर बिक,वडा नम्बर १ का अध्यक्ष बिर्खे लुवार लगाएतको उपस्थितिमा वडा नम्बर १ र २ को सयुक्त भेलाले नेतृत्व चयन गरेको हो ।

उक्त भेलामा नेपाल सरकारले जारी गरेको छुवाछूत सम्बन्धि ऐन अनुसार सार्वजनिक क्षेत्रमा कुनै पनि बहानामा विभेद गर्न नहुने बताउदै कार्यबाहक अध्यक्ष करबिर बिकले उपस्थित सबैलाइ आग्रह गरेका छ्न ।

सो कार्यक्रममा वडा नम्बर १ मा नवीन बि कको अध्यक्षतामा ११ सदस्य र वडा नम्बर २ मा बैशाखे लुहारको अध्यक्षतामा २१ सदस्य वडा कमिटी गठन भएको मोर्चाका जिल्ला सदस्य सर्जन बिकले बताए ।

उक्त भेलामा गैरदलितका तर्फबाट बोल्दै पटक कठायतले सबै परिवर्तन हुनु पर्नेमा जोड दिएका छ्न ।दलित मुक्ती मोर्चाको गाउँ पालिका स्तरमा चैत्र महिना भित्र गाउँ सम्मेलन गर्ने बताएको सहकर्मी बिरेन्द्र बिकले जनाएका छ्न ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित