पलांतामा शुरु भयो माओवादी केन्द्रको पार्टी सुदृढ अभियान

7
SHARES
15
VIEWS

कालीकोट । नेकपा(माओवादी केन्द्र)ले जिल्लाभर संचालन गरेको विकास र सम्बृद्धिका लागि पार्टी सुदृढकरण अभियान पलांतामा शुरु भएको छ । नेकपा(माओवादी केन्द्र)का केन्द्रिय सदस्य जिवन बुढाको उपस्थितिमा पलांता गाउँ पालिकाको थिर्पुमा औपचारिक रुपमा उद्घाटन भएको छ ।

पलांता गाउँ कमिटिका अध्यक्ष विष्णु रोकाया(इन्द्र)को अध्यक्षता तथा नेकपा(माओवादी केन्द्र)का केन्द्रिय सदस्य जिवन बुढाको प्रमुख आतिथ्यतामा कार्यक्रम शुरु भएको पलांता गाउँ कमिटि सचिव विम बहादुर बम(महेन्द्र)ले बताए । उनका अनुसार अभियान उद्धघाटन कार्यक्रममा पलांता गाउँ कमिटिका अगुवा कार्यक्रता,भातृ संगठनका प्रमुखहरु उपस्थिति रहेको बताइएको छ ।

सो अभियानमा पलांताका सबै वडाहरुमा अभियान अघि बढ्ने बताइएको छ । सो कार्यक्रममा पलांता गाउँ कमिटि इन्चार्ज मान बहादुर भण्डारी(बासिन्दा) लगाएतका नेताहरुले अभियान प्रभावकारी ढंगले अघि बढाउने र सो अवधिमा आन्तरिक पार्टी पंक्ति सुदृढ गर्ने र स्थानिय सरकारले गरेका कामको व्यापक मात्रामा प्रचार प्रसार र जनताका सुझावहरु संकलन गर्ने बताइएको सहकर्मि धनबहादुर शार्कीले बताएका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित