सरकारले आर्थिक अराजक सहकारीलाई कार्वाही र राम्रालाई प्रोत्साहन गर्छ-प्रम प्रचण्ड

7
SHARES
15
VIEWS

काठमाडौं । प्रधानमन्त्रि पुष्पकमल दाहाल(प्रचण्ड)ले नेपालको अर्थतन्त्रमा सहकारीको भुमिका महत्वपूर्ण भएको बताएका छन ।

आज देखि शुरु भएको सहकारी महासम्मेलनलाई सम्बोधन गर्दै नेपाल सरकारका प्रधानमन्त्रि पुष्पकमल दाहाल(प्रचण्ड)ले सहकारी क्षेत्रको नियमनकारी निकाय भरपर्दाे नभएकोले कानुनको अधिनमा रहि अघि बढ्ने र सो को लागि सरकार लागि परेको बताउदै आर्थिक अराजक निम्त्याएका सहकारीलाई कार्वाही र रोजगारीका साथै व्यवस्थित सहकारीलाई प्रोत्साहन हुने गरी कार्यक्रम गर्न मातहतका निकायलाई निर्देशन दिएका छन ।

प्रचण्डले अबको केही समय पछि सहकारी ऐन र मातहतका कार्यविधिहरुको व्यवस्थापन गरी कर्जा सुचना केन्द्र,कर्जा न्यायधिकरण,सहकारी प्रवद्धन कोष परिचालनका लागि प्रक्रिया अपनाउन आफुले सक्दो सहयोग गर्ने बताएका छन । सो सम्मेलनमा कोरिया,चिन,भारत लगाएतका सहकारी संघ संगठनका प्रतिनिधिहरुले सम्बोधन गरेका थिए ।

त्यसै गरी पहिलो दिनको कार्यक्रममा सहकारीको व्यवस्थापन तथा प्रवद्धन र नियमनकारी निकायका बारेमा कार्यपत्र प्रस्तुत गर्दै पूर्व अर्थसचिव रामेश्वर खनालले कार्यपत्र प्रस्तुत गरेका थिए भने सो कार्यपत्रका बारेमा दुई जनाले टिप्पणि र सहभागिहरु मध्ये १२जनाले सुझाव राखेका थिए ।

सोही क्रममा राष्ट्रिय सहकारी बैंकका संचालक तथा हिमचुलि कृषि सहकारी संस्था लि.कालीकोट अध्यक्ष काली बहादुर महताराले सहकारीको नियमनकारी निकाय ओझेलमा परेकाले लोक सेवा आयोगमा सहकारी क्षेत्रलाई समाबेश गरेर उचित जनशक्तिको व्यवस्थापन गर्नु पर्ने सुझाव दिएका छन ।सम्मेलन तिन दिन सम्म संचालन हुने बताइएको छ ।यस अघि दाेस्राे सहकारी महासम्मेलन २०७४ चैत्र महिनामा भएकाे थियाे ।

तेस्राे महासम्मेलनबाट अबकाे सहकारी यात्रा २०३० सम्म कस्ताे बनाउने भन्ने विषयमा छलफल केन्द्रित हुने राष्टिय सहकारी महास‌ँघका अध्यक्ष मिनराज कर्णेलले बताएका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित