रास्कोटमा उपभोक्ता समिति विहिन बनाइने

7
SHARES
15
VIEWS

कालीकोट,असार । रास्कोट नगरपालिकाले हरेक विकास निर्माणलाई उपभोक्ता विहिन बनाउने भएको छ ।

नगरपालिकाका सम्पूर्ण विकास निर्माणका काम कार्वाहीहरुमा उपभोक्ता मार्फत संचालन गर्दा हानथाप हुनुका साथै काममा समेत गुणस्तर नहुने भएपछि उपभोक्ता विहिन बनाउन लागिएको हो । रास्कोट नगरपालिकाले ठुला योजनाहरुमा टेण्डर आव्हान र स साना योजनाहरुमा श्रम बैंक मार्फत अगाडी बढ्ने निति लिएको हो । रास्कोट नगरपालिकाका प्रमुख काशिचन्द्र बरालले भन्नु भयो अहिले गठन भएका युवा श्रम बैंकमा रहेको संख्या २ सय ६० बाट १ हजार पुगाउने लक्ष्य लिइएको छौं ।

अब नगरपालिका भित्रका प्रत्येक घरबाट एक जना युवालाई समाबेश गरेर श्रम बैंक मार्फत अगाडी बढ्ने हो । प्रमुख बरालले रास्कोट नगरपालिकाले छैंटौं नगरसभा मार्फत निति तथा कार्यक्रममा समाबेश गरेर व्यवस्थित गर्ने तयारीमा लागेको बताउनु भयो ।

नगरपालिकाका युवालाई रोजगारीको सृजना पनि हुने र काममा पनि गुणस्तर आउने भएकाले रोजगार बैंक लोकप्रिय बन्दै गएको बताउदै देशको नमुना नगर बनाउने अभियानमा युवा परिचालन एक मात्र विकल्प रहेको छ ।
रास्कोट नगरपालिका भित्र टोल स्तरमा सडक विस्तार,विद्यलायका भवन,खानेपानि,सौचालय लगाएतका काममा युवा श्रम रोजगार बैंकका युवालाई परिचालन समेत गरिएको छ । युवा श्रम रोजगार बैंकमा महिलाहरु सहभागि अनिवार्य रहेको छ भने पारिश्रमिक समेत महिला पुरुष समान रहेको बताइएको छ ।

रास्कोट नगरपालिकाको निति तथा कार्यक्रममा कृषि उद्यम बढाउन भुमि बैंक र योजनालाई एकरुपतामा ल्याउनका लागि योजना बैंक संचालन गर्ने उल्लेख गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित