दुर्गा प्रसाइलाई कार्वाही खोइ ? -सहकारी कर्मिहरु

7
SHARES
15
VIEWS

काठमाडौं । सहकारी महासम्मेलनमा वित्तिय संस्थाको ऋण नतिर्ने अभियान चलाउने दुर्गा पर्साइलाई कार्वाही गर्नु पर्ने आवाज उठेको छ । नेपालमा वित्तिय क्षेत्रमा सहकारीले कुल ग्रास्थ उत्पादनमा ४ प्रतिशत योगदान गरेको अवस्थामा सदस्य तथा ग्राहकलाई लगानि गरिएको कर्जा नतिर्ने अभियान चलाउनु गलत भएको बताएका छन ।

काठमाडौंमा चैत्र २३ देखि संचालनमा भएको तेस्रो राष्ट्रिय सहकारी सम्मेलनमा तरलता व्यवस्थापन सम्बन्धि बहसमा सहभागिले सो कुरा उठाएका हुन ।

राष्ट्रबैकका रामशरण खरेलले प्रस्तुत गरेको कार्यपत्र माथि भएको छलफलमा टिप्पणि कर्ता राष्ट्रिय सहकारी बैंक संचालक मनोज थापा,कार्यकारी प्रमुख बद्रि प्रसाद गुरागाई लगाएतले टिप्पणि गरेका थिए भने सो माथि सुझाव राख्दै ९ जना सहभागिले देशमा आर्थिक संकट आउने थालेको अवस्थामा बैंकले तरलता व्यवस्थापनमा जोड दिन राष्ट्र बैंकले निति ल्याउनु पर्ने र सो को व्यवस्थापनका लागि विशेष जोड दिन आग्रह गरेका छन ।

रौतहटका एक सहभागिले वित्तिय संस्थाहरुको विकासले एक पछि अर्काे सफलता हांसिल गरेकोले सबै क्षेत्रमा संकटको समय निम्तिन नदिन अभिभावकको भुमिका निर्वाह गर्नु बेला आएको बताएका छन ।

सहकारी महासम्मेलनमा आज पूर्व अर्थमन्त्रि युवराज खतिवडा,राष्ट्रिय सहकारी महासंघ लि.का पूर्व अध्यक्ष केशब बडाल,पूर्व अर्थमन्त्रि सुरेन्द्र पाण्डे,राष्ट्रिय सहकारी महासंघ लि.का उपाध्यक्ष ओमदेवि मल्ल लगाएतका प्रस्तुति माथि सहभागिहरुले आ आफ्ना धारणा राखेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित