राजनीतिकका दुई दशक मेरो जीवनको टर्किङ टाइम बन्यो-रास्कोट नगरप्रमुख शाही

7
SHARES
15
VIEWS

कालिकोट। रास्कोट नगरपालिकाका प्रमुख धर्मराज शाहीले बाल्यकाल देखि राजनीतिक यात्राका क्रममा २०५९ देखि २०७९ को समीक्षा गर्दै आफ्नो लागि दुई दशक चुनौती र अवसर दुबै भएर अघि बढेको बताएका छन।२०७९ सालको बिदाइ र २०८० लाई स्वागत गर्दै उक्त समिक्षात्मक भनाइ राखेका हुन ।आफ्नो राजनीतिकका दुई दशक जीवनको टर्किङ टाइम बनेको बताउदै ५ वर्ष कार्यकालमा नयाँ अनुभुती सहितको रास्कोटमा नमुना काम गर्ने बताउदै समुदाय,शुभेच्छुकले सकारात्मक सल्लाह सुझाब दिने बिश्वास रहेको बताएका छ्न  ।

नगर प्रमुख शाहीले आफुले जिबनमा गरेको त्याग तपस्य तथाबलिदानको कदर सहित रास्कोटी जनताको हितमा ब्यक्तिगत स्वार्थ भन्दा माथि उठेर सेव गर्ने बताएका छ्न ।उनले अगाडी लेखेका छन २०७९ सालले आफ्नो जिवनका लागि २०७९ साललाई तिन वटा खंण्डमा वर्गीकरण समेत गरेका छ्न ।

 जस्ताको त्यस्तै :
मेरा जीवन कालखण्डका वर्ष हरुमा
#मलाई मेरा मुवा र वुवा ले धर्तिमा पाइला टिकाएकाे वर्ष (!)
#मलाई मृत्यु र मुक्ति काे यात्रा तय गरेको वर्ष (!!)
#मलाई रास्काेटवासिले जनादेश दिएकाे वर्ष (!!!)
यस्तै – यस्तै वर्ष हरु मेरो जिन्दगीको ईतिहाँसकाे पानामा लेखिनेछन । Bye – Bye मेराे प्रिय वर्ष …२०७९…
नयाँ बर्ष २०८० को उपलक्ष्यमा रास्कोटबासी तथा सम्पुर्ण नेपाली आमाबुबा, दाजुभाइ तथा दिदीबहिनीहरुमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु । वि.स. २०७९ सालले मलाई महत्वपूर्ण जिम्मेवारी प्रदान गरेको छ । यस अर्थमा २०७९ साल मेरो लागि विशेष रह्यो । समग्रमा पछिल्ला दुई दशक (२०५९-२०६९-२०७९) मेरो जीवनको टर्किङ टाइम बन्यो । राजनीतिक रुपमा निरन्तर अप्रत्याशित तर जोखिमपूर्ण जिम्मेवारी बहन गर्नपर्ने स्थिति सिर्जना भैरह्यो । हामी जनयुद्धमा लाग्दै गर्दै हामीसँग कुनै व्यक्तिगत आकांक्षा, सपनाहरू थिएनन् । समाज रुपान्तरणको एक सुत्रीय नारा र नेतृत्वको एउटा कासन नै हाम्रो मार्गदर्शन थियो । तर आज समय बदलिएको छ मान्छेहरू व्यक्तिगत जीवन तिर फर्किनुपरेको छ । यसको समग्र समिक्षा इतिहासले गर्ने नै छ । तथापि मैले समयले सुम्पिएको अभिभारा पूरा गर्दा व्यक्तिगत चाहना भन्दा सामुहिक हित र सामुहिक स्वार्थमा केन्द्रित रहेर काम गर्ने कोसिस गर्दै आएको छु । २०७९ सालले मलाई रास्कोट नगरपालिकाको नगर प्रमुखको जिम्मेवारी सहित रास्कोटबासी जनताको सेवा गर्ने अभुतपुर्व अवसर प्रदान गरेको छ । यसको पछाडी मेरो आफ्नो निरन्तरको संघर्ष, बलिदान र लगानी पनि छ, त्यो भन्दा बढी रास्कोटबासी जनता तथा पार्टी नेतृत्व र नेताकार्यकर्ताको म प्रतिको विश्वास र अपेक्षाले काम गरेको छ जस्तो लाग्छ । कठिन परिस्थितिमा समेत मलाई सहयोग गर्ने, सल्लाह सुझाव दिने, ढाडस दिने अग्रजहरु, शुभेच्छुक अनि अमुल्य मतदान गर्ने मतदातालाई बिर्सेने छैन, सकेको राम्रो काम गर्नेछु । एकातिर जनअपेक्षाको अग्लो चाङ छ अर्कोतिर श्रेात साधनको सिमितता छ, यी दुवै कुराको सन्तुलन कायम गर्ने अधिकतम कोसिस गर्नेछु । अन्तमा, विगतका बर्षहरुमा जस्तै आगामी दिनहरुमा पनि यहाँहरुको अमुल्य सुझाव, साथ, सहयोग र मार्गदर्शनको अपेक्षा गरेको छु । एउटा भनाइ छ- ‘ऐना हो जिन्दगी । तिमी मुस्कुराउ, जिन्दगी पनि मुस्कुराउँछ ।’ फेरि पनि सबै जनालाई नयाँ बर्ष २०८० को हार्दिक शुभकामना 🙏

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित