रास्कोटको आरसिपीलाई “मिनि मार्केट” बनाइदै

7
SHARES
15
VIEWS

कालिकोट ।जिल्लाकै मिलेको भूगोल रहेको रास्कोटको केन्द्र बिन्दु आरसिपी बजारलाइ मिनि मार्केट बनाउने तयारी भएको छ । अहिले रास्कोट नगर सरकारले आरसिपी बजारमा रहेका अस्थायी घर टहरा हटाउन शुरु भएको छ ।
यस अघि ४५ दिन भित्र स्थानीय ब्यापारीलाइ घरटहरा सार्ने सुचना गरे संगै अहिले एक हप्ता भित्र घरटहरा सार्न अन्तिम समयावधि दिए संगै रास्कोट नगर सरकारले आफै प्रयोग गर्दै आएको र ग्लोबल बैंक रहेको भवनको टहरा आज हटाइएको छ ।
अन्य स्थानीयलाई समेत घरटहरा हटाउन थालिएको रास्कोट नगरपालिकाले जनाएको छ । रास्कोट नगर प्रमुख धर्मराज शाहीका अनुसार रास्कोटलाइ “मिनि मार्केट” को रुपमा ब्यबस्थापन गर्न लागेको बताए ।
अहिले सार्वजनिक जग्गामा लगाइएका अस्थायी घरटहराहरु हटाउने र नगर सरकारले व्यावसायिहरुलाइ तत्काल टहरा बनाइ उचित ब्यबस्थापन गर्ने बताइएको छ ।
स्थानीय प्रेम भण्डारीले सबै व्यावसायिहरुले आ आफ्नो ब्यबस्थापन गर्न लागेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित