हिमचुली सहकारी द्वारा खार्दुमा एक लाख ५० हजार बिमा राहत प्रदान

7
SHARES
15
VIEWS

कालिकोट ।हिमचुली कृषि सहकारी संस्था लि.ले आफ्ना सदस्यलाइ दुर्घटना बिमा बापत एक लाख ५० हजार राहत हस्तान्तरण गरेको छ ।संस्थाका सदस्य नयरुप बस्नेतको गएको महिना भिरबाट लडेर मृत्यु भएपछी दुर्घटना बिमा वापत एक लाख ५० हजार रकम एक कार्यक्रमका बिच संस्थाले घरमै पुगेर हस्तान्तरण  संस्थाका तालिम बिभाग प्रमुख कृष्ण प्रसाद बरालले हस्तान्तरण गरेको सेवा कार्यलय ब्यबस्थापक सतल रोकायाले बताए ।

मृतक नयरुप बस्नेतका छोरा जय बहादुर बस्नेतलाइ नगद रकम  एक लाख हस्तान्तरण गरिएको छ भने बाकी रकम शेयरमा जम्मा गरिएको  बताइएको छ ।मृतक नयरुप बस्नेतका छोरा जय बहादुर बस्नेतको नाममा सेयर सदस्यता समेत स्थान्तरण गरिएको छ ।

हिमचुली कृषि सहकारी संस्था लि.ले आफ्ना सदस्यहरुको दुर्घटना बिमा गर्दै आएको छ । उक्त बिमा बापत सदस्यको दुर्घटनाबाट मृत्यु भएमा एक लाख ५० हजार र कालगति मृत्यु भएमा ५ देखि १५ हजार रकम दिदै आएको छ ।

संस्थाका हाल १४ हजार ५ सय सदस्यहरु रहेका छन भने जिल्लाभर १० वटा सेवा कार्यलय रहेको संस्थामा मुख्य ब्यबस्थापक जगेन्द्र आचार्यले बताएका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित