माओवादी केन्द्र पचालझरनाले गर्यो दुई महिने अभियानको समिक्षा

7
SHARES
15
VIEWS

कालीकोट ।पचालझरनामा समिक्षा बैठक भएको छ । नेकपा(माओवादी केन्द्र)ले संचालन गरेको सम्बृद्धिका लागि पार्टी सुदृढिकरण अभियानका क्रममा भए गरेका कामकार्वाहीको समिक्षा भएको छ ।

गएको फागनु महिनामा शुरु गरिएको अभियानका क्रममा गरेका गतिविधि र पार्टीको पछिल्लो अवस्थाका साथै स्थानिय सरकारले गरेका कामकार्वाहीका बारेमा समिक्षा भएको पचालझरना गाउँ कमिटिका कार्यवाहक अध्यक्ष करविर विक(कल्याण)ले बताएका छन । नेकपा(माओवादी केन्द्र)का बैकल्पिक केन्द्रिय सदस्य तथा जिल्ला संयोजक लक्ष्मि प्रसाद चौलागाई(शैलेन्द्र),अभियानको पचालझरना गाउँ पालिका संयोजक तथा बैकल्पिक केन्द्रिय सदस्य गंगा खड्का,जिल्ला सचिव देवराज शाही,लुम्बिनि प्रदेश कमिटि सदस्य अबराज खड्का,पचालझरना गाउँ कमिटि इन्चार्ज तारा न्यौपाने,प्रदेश कमिटि सदस्य अल्किना बम लगाएतका नेताहरुको उपस्थितिमा समिक्षात्मक विस्तारित बैठक भएको बताइएको छ ।

सो बैठकमा अभियानका क्रममा वडा स्तरका भेला,जनवर्गिय संगठनका भेला सम्मेलन लगाएतका जनभेटघाटका काम भएको बताइएको छ । वडास्तर देखि पालिका सम्मका गरिएका कामको समिक्षा भएको वाइसिएलका प्रदेश कमिटि सदस्य धिरेन्द्र विकले बताएका छन ।बैठकमा सहभागि जिल्ला संयोजक लक्ष्मि प्रसाद चौलागाईले अभियानका क्रममा पचालझरना गाउँ कमिटिले उल्लेखनिय काम गरेको बताएका छन ।

अभियानको संयोजक गंगा खड्काले पचालझरना गाउँ कमिटिले स्थानिय सरकार र पार्टीको सहकार्य समन्वयमा काम अघि बढेको बताउदै भावि दिनमा समेत अझै पार्टी संगठनलाई व्यवस्थित पार्दै लैजानु पर्नेमा जोड दिएकी छन । बैठकले पालिका स्तरको गाउँ सम्मेलन गर्ने समेत निणर्य गरेको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित