कालिकोट । पलात गाउँ पालिका अध्यक्ष बिष्णु रोकायाले जनतालाइ सरकारको अनुभूति दिने गरेर अघि बढेको बताएका छन ।
अध्यक्ष रोकायालाइ बिगतमा गरेका कर्तुत भुलेर केही मान्छेले हतारो गरेको बताउदै आफुले बिगतका गलत कामको समेत जिम्मा लिनु परेको स्मरण गर्दै परिणाम आउने गरेर पलाता सरकार लागेको बताएका छन ।
बिगतमा अस्तब्यस्त कामलाइ ब्यबस्थित बनाउदै अघि बढ्नु परेको र अहिले पुरानै योजनाको रकम भुक्तानी दिने देखि प्रशासनिक कामको समेत ब्यबस्थापन गरेको अध्यक्ष रोकायाको भनाइ रहेको छ ।
पलाता गाउँ पालिकाले चालू आर्थिक वर्षमा ठुला बिकाश निर्माणका काम देखि जनताका आधारभुत आबस्यक्तालाइ अघि बढाएको दाबी गर्दै खिन सम्मको सडक,थला तलसेरी बृहत् खानेपानी लगाएतका काम शुरूवातमा रहेको बताएका छन ।
पलाता सरकारले आउने वर्षमा रोजगारी र आयमुलक काम देखि जनतालाइ प्रत्यक्ष प्रभाब पार्ने काम शुरु गर्ने बताएका छन ।
Discussion about this post