कालिकोट ।स्थानीय तहले आफ्नै खालको पाठ्यक्रम शुरु गर्ने अभियान चलिरहेको समयमा जिल्लाकै पहिलो बन्न सफल भएको छ महाबै ।यस अघि मध्यपश्चिम बिश्व विद्यालयका उपप्रध्यापकहरुको टोलि सहित तयार गरिएको स्थानीय पाठ्यक्रम शुरु गरेको हो ।
महाबै गाउँ पालिका अध्यक्ष खेम बहादुर सिंहले यसै आर्थिक वर्ष देखि स्थानीय तहको कक्षा १ देखि ८ सम्मको पाठ्यक्रम तयार गरी लागू गरेको बताए ।अध्यक्ष सिंहका अनुसार हाम्रो महाबै हाम्रो गौरव नाम दिएको पाठ्यक्रममा स्थानीय भेषभुशा,धर्म संस्कृति देखि पर्यटन क्षेत्र र जनयुद्धका बिषयलाइ समाबेश गरिएको बताएका छ्न ।
महाबै युबा तथा शिक्षा शाखाले मध्यपश्चिम बिश्व विद्यालयका उपप्रध्यापक कमल सिंह,लक्ष्मण सिंह सहित शैक्षिक सरोकारवाला र स्थानीय जनप्रतिनिधिहरु बिच भएको छलफल पछि बिद्यालय भर्ना अभियानका क्रममा लागू गरिएको विद्यार्थी नेता हिक्मत सिंहले बताए ।
स्थानीय पाठ्यक्रमले विद्यार्थीलाई पठनपाठनमा सहज हुने बताइएको छ ।जिल्लाका अन्य स्थानीय तहले समेत स्थानीय पाठ्यक्रम लागू गर्ने क्रम शुरु भएको छ ।
Discussion about this post