सान्नित्रीबेणी सडक संजालमा जोडियो,मुम्रा पुगे “गाडी”

7
SHARES
15
VIEWS

कालिकोट ।सान्नित्रीबेणी गाउँ पालिकाका सबै वडामा सडक संजालमा जोडिएको छ ।सान्नित्रीबेणी गाउँ पालिकाका वडा नम्बर ६ देखि ७ को काप्डा खण्डको  सडकको काम सम्पन्न भएसंगै साबिकको मुम्रा गाडी पुगेका छ्न ।

सबै भन्दा जोखिम रहेको काप्डा भिरको चट्टानको काम दिनरात नभनी दुर्त गतिमा भएको कामले सडक संजालमा जोडिएको बताइएको छ । सान्नित्रीबेणी गाउँ पालिकाको रकु हुँदै मेहलमुडी देखि मुम्रामा आवतजावत गर्ने काम सडक सुचारु भएसंगै जनप्रतिनिधिको पहिलो दायित्व पूरा भएको बताइएको छ ।

सान्नित्रीबेणी गाउँ पालिका अध्यक्ष मोहन केसिले कडा चट्टानको काम समयमै सम्पन्न गर्ने उपभोक्ता समिती,डोजर चालक,समुदाय सबैलाइ धन्यवाद दिदै अब सान्नित्रीबेणी गाउँ पालिका सडक संजालले पुर्णता पाएको र आउने दिनमा नरहरिनाथ संग जोडीने गरी काम हुने बताएका छन ।

सडक सुचारु भएपछि आज सान्नित्रीबेणी गाउँ पालिका उपाध्यक्ष पार्बती सिंह(संज्याल), प्रमुख प्रशासकिय अधिकृत नेत्र बहादुर शाही लगाएतको टोलि मुम्रा पुगेको छ । उक्त टोलिलाइ स्थानीयले स्वागत गरेको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित