पलातामा प्रहरी माथि आक्रमण आराेपित बुढा फरार

7
SHARES
15
VIEWS

कालीकाेट । पलाता गाँउ पालिकाकाे वडा नं ६का निवासि  एक युवकलाइ पक्राउ गर्न गएकाे प्रहरी माथि आक्रमण भएकाे छ । इलाका प्रहरी कार्यलय थिर्पुबाट गएकाे टाेलिले बलात्कार आरोप लागेका पला‌ता ६ का श‌ँक बुढालाइ पक्राउ गरेर ल्याउदै गर्दा प्रहरी माथि आक्रमण  भएकाे बताइएकाे छ ।

बलत्कार आराेपित शँक बुढालाइ प्रहरीले लिएपछि स्थानियले आक्रमण गरिएकाे बताइएकाे छ । उक्त आक्रमणमा इलाका प्रहरी कार्यलय थिर्पुका असइ लक्ष्मि ढुंगेल रावत घाइते भएकाे जिल्ला प्रहरी कार्यलय कालीकाेटका प्रवक्ता शुवराज बमले बताएका छन । उनका अनुसार झडपमा परी स्थानिय धनमान विक पनि घाइते भएकाे बताएका छन । पिडित परिवारलाइ समेत बुढाका परिवारले आक्रमण गरेकाे बताइएकाे छ । आक्रमणमा परेका धनमान विककाे अवस्था गम्भीर रहेको प्रहरीले जनाएकाे छ ।उपचारका लागि पहल भइरहेकाे बताइएकाे छ ।स्थानिय शँक बुढाले गएकाे असोज महिनामा एक दलित महिलामाथि बलात्कार गरेकाे र उक्त पीडित परिवारले कात्तिक महिनामा जिल्ला प्रहरी कार्यालय कालीकाेटमा किटानी जाहेरी गरेपछि प्रहरीले बुढालाइ खाेजिरहेकाे बताइएकाे छ । घरमा रहेका प्रहरीले सुचना पाएपछि साेमबार पक्राउ गर्न असइ ढुंगेल सहित प्रहरी टोली साे गाउँमा पुग्दा घरमा भेटिएका बुढालाई प्रहरीले हत्कडी लगाएर जिल्ला सदरमुकाम ल्याउने क्रममा आक्रमण भएकाे प्रहरीले जनाएकाे छ ।आक्रमणमा सहभागि र फरार बुढाकाे खाेजि कार्यका लागि जिल्ला सदरमुकामबाट एक टाेलि घटना स्थल तर्फ गएकाे प्रहरीकाे भनाइ रहेकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित